×

NMB BANK
NIC ASIA

मोरङमा उही उम्मेदवार, पुरानै एजेन्डा : न बन्यो तमोर डाइभर्सन, न कोशी राजमार्ग

कात्तिक २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनका उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । तर, मतदाताहरू भने अघिल्ला चुनावमा गरेको बाचा पूरा नभएको भन्दै उम्मेदवारसँग असन्तुष्टि व्यक्त गरिरहेका छन् । 

Muktinath Bank

अघिल्ला चुनावमा मोरङबाट चुनाव जित्ने उम्मेदवारले सडक, पुल बनाउने योजना मात्रै ल्याएका थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले तमोर डाइभर्सनलाई चिसाङ खोलामा मिसाएर मोरङको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा दिने सपना देखाएका थिए । विराटनगरदेखि चिनियाँ नाकासम्म जोड्ने किमाथाङसम्मको कोसी राजमार्ग निर्माणमा तीब्रता दिने महत्त्वाकांक्षी योजना पनि अघिल्लो निर्वाचनको क्रममा आएका थिए । तर, ती आयोजनाका सम्बन्धमा उम्मेदवारले अहिलेसम्म सिन्को पनि भाँचेका छैनन् । 


Advertisment
Nabil box
Kumari

मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभामा ५ वटा निर्वाचन क्षेत्रमा अघिल्लो चुनाव जितेका नेताहरू नै उम्मेदवारकोरूपमा दोहोरिएर आएका छन् ।

Vianet communication
Laxmi Bank

२०७४ को चुनावमा मोरङ–१ मा घनश्याम खतिवडा, ३ मा भानुभक्त ढकाल, ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल र ६ मा लालबाबु पण्डितले चुनाव जितेका थिए । क्षेत्र नम्बर–२ मा कांग्रेसका डा. मीनेन्द्र रिजालले चुनाव जितेको भए पनि यस पटक भने कांग्रेस नेत्री सुजाता कोइरालाले टिकट पाएकी छन् । 

अघिल्लो पटक चुनाव जितेका उम्मेदवारको विकासको काम त परै जाओस् अनुहारसम्म देखाउन नआएको विराटनगरका गोकुल दाहालको गुनासो छ । उनी मोरङ क्षेत्र नम्बर–६ का मतदाता हुन् ।  

मोरङको क्षेत्र नम्बर–१ मा त्यसबेला बाम गठबन्धनको उम्मेदवार बनेका घनश्याम खतिवडाले तमोर डाइभर्सनलाई चिसाङ खोलामा मिसाएर पूर्वी मोरङको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । 

त्यसबेला उनले वाम गठबन्धनको मतमा सजिलै चुनाव जिते । यस पटक पनि चुनावी मैदानमा पुरानै प्रतिस्पर्धीसँग खतिवडाको भेट भएको छ ।

मोरङ–१ मा खतिवडासँग कांग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बु चुनावी प्रतिस्पर्धा गर्दैछन् । यस पटक भने खतिवडाले अघिल्लो चुनावमा जस्तो घोषणा पत्र जारी गरेका छैनन् । 

२०७४ को निर्वाचनमा मोरङ–२ बाट चुनाव जितेका डा. मीनेन्द्र रिजालले उक्त  निर्वाचन क्षेत्रलाई विकासको नमुना क्षेत्र बनाउने दावी गरेका थिए । चुनाव जितेर उनी संघीय सरकारको मन्त्री पनि भए ।

चुनावका बेलामा उनले खोलामा तटबन्धन गर्ने, सडक कालोपत्रे गर्ने लगायतका योजना ल्याएका थिए । तर, उनका योजना पनि कागजमै सीमित भएको स्थानीय मतदाताको गुनासो छ । अहिले यो क्षेत्रबाट एमालेका नेता ऋषिकेश पोख्रेल र सत्ता गठबन्धनको तर्फबाट सुजाता कोइराला चुनावी मैदानमा आमने–सामने भएका छन् । 

२०७४ को चुनावमा एमाले नेता भानुभक्त ढकालले दिएको ‘खोलाको पाता कस्ने’ अभिव्यक्ति चर्चित थियो । त्यसबाहेक, सुकुम्बासीलाई पुर्जा दिन पहल गर्ने प्रतिबद्धता उनले गरेका थिए । त्यसबेला मोरङ क्षेत्र नम्बर–३ बाट चुनाव जितेका ढकाल पटक–पटक मन्त्री भए तर आफ्नो चुनावी बाचा कहिल्यै नसम्झिएको स्थानीय मतदाता बताउँछन् । 

कानेपोखरीका पदम श्रेष्ठ भन्छन्, ‘हाम्रो मतले चुनाव जित्नुभयो । मन्त्री पनि हुनुभयो । तर, हाम्रा समस्यामा उहाँको ध्यान गएन ।’ यस पटक ढकालका प्रतिस्पर्धी कांग्रेसका सुनिल शर्मा पनि पुरानै प्रतिस्पर्धी हुन् । 

मोरङको क्षेत्र नम्बर–४ मा भने सत्ता गठबन्धनकोतर्फबाट माओवादी केन्द्रका नेता अमनलाल मोदी चुनावी मैदानमा छन् । अघिल्लो चुनावमा पनि मोदी सोही क्षेत्रबाट उम्मेदवार थिए । 

त्यतिबेला उनले, सुकुम्बासीलाई जनता आवास कार्यक्रमअन्तर्गत नमुना घर निर्माण गरिदिने लगायतका एजेन्डा लिएर चुनावी मैदानमा गएका थिए । 

चुनाव जितेपछि उनले मोरङ सिँचाई आयोजनाको नहरको डिलबाट विस्थापित भएका ३४ सुकुम्वासीका लागि नयाँ घर बनाइदिए ।

मोदीले यस पटक पनि थारू समुदायको मत लिएर चुनाव जित्ने रणनीति बनाएका छन् । उनको प्रतिस्पर्धीकारूमा एमालेका नेता विनोद ढकाल चुनावी मैदानमा आएका छन् । 

मोरङ–५ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डल उम्मेदवारको रूपमा दोहोरिएका छन् ।

२०७४ को चुनावमा उनले कांग्रेसका नेता अमृत अर्याललाई पराजित गरेका थिए । त्यसबेला विराटनगरलाई प्रदेशको राजधानी बनाउने, रङेली–विराटनगर क्षेत्रभित्र औद्योगिक ग्रामको स्थापना गर्ने चुनावी एजेन्डा मण्डलको थियो । उनले यस पटक पनि सोही एजेन्डा दोहोर्‍याएर चुनावी प्रचार गरिरहेका छन् । 

यसपटकको चुनावमा प्रतिस्पर्धीको रूपमा एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका राजकुमार यादव चुनावी मैदानमा छन् । यस्तै एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले पनि दुवै गठबन्धनलाई चुनौती थपिरहेका छन् । 

यसपटकको चुनावमा मोरङमा क्षेत्र नम्बर–६ लाई विशेष महत्वका साथ हेरिएको छ । पुरानै प्रतिस्पर्धी यस क्षेत्रमा पनि भेट भएका छन् । एमालेका लालबाबु पण्डित र कांग्रेसका डा. शेखर कोइराला चुनावी मैदानमा छन् । 

विराटनगरदेखि चिनियाँ नाकासम्म जोड्ने किमाथाङसम्मको कोसी राजमार्गको निर्माणमा तीव्रता दिने, साथै विराटनगर चक्रपथलाई स्तरोन्नति गर्ने, डुबानको समस्या समाधान गर्ने योजना पण्डितले अघिल्लो चुनावमा ल्याएका थिए । 

तर, उनले कुनै पनि योजनामा चासो नदिएको आरोप मतदाताले लगाउने गरेका छन । सोही क्षेत्रकी मतदाता रहेकी निरा अधिकारी पण्डितले विकासका नाममा एक ट्याक्टर बालुवा पनि नल्याएको दाबी गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x