×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

महोत्तरी– ३ : महन्थ ठाकुरलाई जसपा र स्वतन्त्रको टक्कर, जातीय र वर्गीय मत निर्णायक !

कात्तिक २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरी–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, प्रतिपक्षी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामआधार कापरबीच प्रतिस्पर्धा देखिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

यस रेसमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल पनि दौडिरहेका छन् । उक्त क्षेत्रका राजनीतिक विश्लेषक रणधीर चौधरी त्रिकोणात्मक प्रतिस्पर्धा रहेको स्वीकार्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘महन्थ ठाकुरप्रति रिएक्सन नभएको होइन, उहाँका विभिन्न विकल्पको पनि खोजी भइरहेको छ,’ चौधरीले लोकान्तरसँग भने, ‘कांग्रेसभित्रका खास गरेर युवाहरू असन्तुष्ट छन् । ती युवाहरूको आक्रोशलाई भजाउन स्वतन्त्र उम्मेदवार रामआधार कापर सफल देखिएका छन् ।’ 


Advertisment
Nabil box
Kumari

शुरूमा ठाकुरको प्रतिस्पर्धा जसपा उम्मेदवार यादवसँग भए पनि अहिलेको बदलिँदो परिस्थितिमा कापर दोस्रो स्थानमा रहेको उनले बताए । तमलोपाका उम्मेदवार लालले फरवार्ड (ब्राह्मण, क्षेत्री लगायत) को केही मत काटे पनि त्यसको फाइदा जसपा उम्मेदवार यादव भन्दा पनि स्वतन्त्र उम्मेदवार कापरले उठाइरहेको उनले खुलाए ।

Vianet communication
Laxmi Bank

नागरिकता विधेयक सन्दर्भमा एमाले नेता रघुवीर महासेठले दिएको अभिव्यक्तिका कारण जसपा उम्मेदवार यादवलाई चुनावमा अहिले घाटा भएको उनको विश्लेषण छ ।

‘एक हातले सिन्दूर, एक हातले नागरिकता दिन मिल्दैन’ भनी महासेठले संसदमा गरेको सम्बोधन अहिले जसपाका लागि घाँडो बनिरहेको उनी बताउँछन् ।  

२०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट ठाकुरले चुनाव जितेका थिए । यसपटक फेरि पनि उनी सोही क्षेत्रबाट उम्मेदवार बने पनि उनलाई विगत जस्तो सहज भने देखिएको छैन । 

सत्ता गठबन्धनबाट प्रदेश सभामा पनि लोसपाकै अभिराम शर्मा र रानी शर्मा उम्मेदवार भएपछि गठबन्धनमा आबद्ध अन्य दल भने त्यस क्षेत्रमा उम्मेदवारविहीन बन्न पुगेका छन् । 

खास गरेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको उम्मेदवार नहुँदा ती दलका कार्यकर्ताहरू भने असन्तुष्ट देखिएका छन् ।

अन्य दलका कार्यकर्ताको असन्तुष्टि कम गराउन भने ठाकुर पछिल्लो समय सफल हुँदै गएको स्थानीयहरू बताउँछन् ।

महन्थ ठाकुर

स्थानीय नेताहरूको असन्तुष्टि सम्बोधन 

केही दिनअघि कांग्रेसका नेताहरू रामचन्द्र तिवारी, बजरंग नेपाली, दीपक मिश्र, राघवेन्द्र झा सहितले महन्थ ठाकुर, अभिराम शर्मा, रानी शर्मा सहितका नेताहरूलाई भेटेर आफ्नो असन्तुष्टि राखेका थिए । २०७४ सालमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारी फिर्ता लिएर ठाकुरलाई समर्थन गरी जिताउदा जीतपछि कांग्रेसलाई एकपटक धन्यवाद समेत दिन नआएको भन्दै कांग्रेसका नेताहरूले ठाकुरसँग असन्तुष्टि राखेका थिए । 

‘२०७४ सालको निर्वाचनमा कांग्रेसको समर्थन पाए पनि चुनावी मञ्चमा कांग्रेसमुक्त मधेश बनाउछौं भन्दै गरेको भाषणप्रति हामीले ठाकुरजीसँग गुनासो राखेका थियौं,’ उक्त बैठकमा सहभागी कांग्रेसका एक नेताले लोकान्तरसँग भने, ‘जितेर गएपछि प्रदेशमा सरकार बन्दा ल्याइएको बजेटको चरम दुरुपयोग हुनुका साथै कांग्रेसलाई एउटा पनि योजना नदिइएको विषयमा गुनासो राखेका थियौं ।’

यी सबै असन्तुष्टि राखेपछि लोसपा नेताहरूले रियलाइज गर्दै अब आगामी दिनमा ती सबै त्रुटि सच्याउने आश्वासन दिएको अनि त्यसपछि कांग्रेसले लोसपा उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको उनले खुलाए । 

‘त्यसपछि कांग्रेसबाट समानुपातिक उम्मेदवार रहेका रामचन्द्र तिवारीको पक्षमा पनि मत माग्न संयुक्त अपिल जारी गर्ने कुरामा सहमति भयो,’ ती नेताले थपे, ‘पिपरा, बहेडा, मटिहानी, बथनाहा र जलेश्वरमा संयुक्त चुनावी सभा आयोजन गर्ने र शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति भएको थियो ।’ 

त्यस क्षेत्रमा यसपटक पनि नेपाली कांग्रेसबाट बजरंग नेपाली प्रतिनिधिसभा सदस्य पदका लागि आकांक्षी थिए । २०७४ सालको चुनावमा पनि उम्मेदवारी दिएका उनलाई पार्टीको निर्देशनमा ठाकुरका लागि आफ्नो उम्मेदवारी फिर्ता लिनुपरेको थियो । आफ्नो उम्मेदवारी फिर्ता लिएर उनले ठाकुरलाई समर्थन गरेका थिए । 

त्यसैगरी यसपटक नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामा रामकुमार शर्माले उम्मेदवारी दिएका थिए । पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लिखित पत्र नै निर्वाचन कार्यालयमा पठाएर शर्माको उम्मेदवारी खारेज गर्न लगाएका थिए । 

उम्मेदवारी खारेज भएपछि शर्मा आक्रोशित भएका थिए । महन्थ ठाकुरले षड्यन्त्र गरी प्रचण्डलाई आफ्नो उम्मेदवारी खारेज गर्न लगाएको आरोप शर्माले लगाए । आफ्नो राजनीतिक हत्या गर्ने ठाकुरलाई हराउने प्रमुख लक्ष्य आफूले लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेख्नुका साथै विभिन्न सञ्चारमाध्यममा पनि आफ्नो अभिव्यक्ति दिएका थिए ।

शुरूमा ठाकुरको प्रचारप्रसारमा कांग्रेस, माओवादीका नेता तथा कार्यकर्ता गइरहेका थिएनन् । तर अहिले भने परिस्थिति फेरिएको छ । असन्तुष्ट देखिएका कांग्रेसका बजरंग नेपाली र माओवादीका शर्मा समेत घटक दलका शीर्ष नेताहरू ठाकुरको संयुक्त कोणसभामा उपस्थित भइरहेका छन् । 

माथिबाट नै गठबन्धन दलका नेताहरूले कडा निर्देशन दिएपछि कांग्रेस र माओवादीका नेताहरू ठाकुरको चुनावी मञ्च साझा गर्न बाध्य भएको माओवादीका एक जिल्ला नेताले बताए । 

‘शर्माजीले पार्टी छाडेको भए उहाँ गठबन्धनका साझा उम्मेदवारविरुद्ध जान पाउनुहुन्थ्यो,’ ती नेताले भने, ‘तर पार्टीमै बसेपछि पार्टीको निर्देशन मान्नुबाहेक उहाँसँग अन्य कुनै विकल्प नै छैन ।’ 

शर्मालाई पार्टी अध्यक्ष प्रचण्डले पार्टी राजनीतिमा उचित स्थान दिने भनेर आश्वस्त पारेको हुनसक्ने सम्भावना रहेकाले पनि ठाकुरको प्रचारप्रसारमा सहभागी हुन शर्मा बाध्य भएको उनले खुलाए ।

माओवादी नेता शर्माले ठाकुरसँग मञ्च साझा गरे पनि माओवादीको मत भने ठाकुरकोमा नगएर स्वतन्त्र उम्मेदवार रामआधार कापरमा जाने समेत ती माओवादी नेताले खुलाए । स्वतन्त्र उम्मेदवार कापर विगतमा माओवादी केन्द्रमै आबद्ध थिए ।

रामआधर कापर

कांग्रेस नेता बजरंग नेपाली संसदमा स्वतन्त्र उम्मेदवार जितेर जाँदा पार्टी सहित गठबन्धनलाई ठुलो क्षति पुग्ने हुनाले कांग्रेस इमान्दारीपूर्वक ठाकुरको पक्षमा प्रचारप्रसारमा लागेको बताउँछन् । ‘प्रतिपक्षी गठबन्धनको हरिनारायणजी जितेर जाँदा प्रतिपक्षीको पोल्टामा उक्त क्षेत्र जाने खतरा छ । स्वतन्त्र जितेर जाँदा सत्ता गठबन्धनलाई घाटा हुन्छ,’ जलेश्वरस्थित आफ्नै निवासमा भेटिएका उनले लोकान्तरसँग भने, ‘त्यसकारण सत्ता गठबन्धनको सरकार बनाउनका लागि पनि हामीले आ–आफ्ना कार्यकर्तासमक्ष गठबन्धनका उम्मेदवारलाई मत दिन आह्वान गरिरहेका छौं ।’

संविधान संशोधन र नागरिकता विधेयकलाई मुद्दा बनाएर अघि बढ्दै ठाकुर 

प्रतिपक्षी गठबन्धनका उम्मेदवारलाई परास्त गर्नका लागि ठाकुरले संविधान संशोधन र नागरिकता विधेयकलाई जोडतोडले उठाइरहेका छन् । हरेक चुनावी मञ्चमा उक्त एजेन्डालाई उनले दोहोर्‍याइरहेका छन् । पिपरा गाउँपालिका–२ को अतराढमा घरदैलोको क्रममा भेटिएका ठाकुरले अझै पनि संविधान संशोधन र नागरिकता विधेयक लोसपाको एजेन्डा रहेको बताए । 

‘मधेश आन्दोलनका थुप्रै मुद्दा तथा मागमध्ये केही मुद्दा र माग मात्र सम्बोधन भएका छन्,’ ठाकुरले लोकान्तरसँग भने, ‘राजनीतिक स्थिरता नभएका कारण ती समस्याहरू सम्बोधन हुन सकेनन् । अब बलियो स्थिर सरकार बनेपछि ती सबै मागहरू पूरा गराउछौं ।’

जातीय र वर्गीय मत निर्णायक 

महोत्तरी–३ मा मुख्य रूपमा जातीय र वर्गीय संरचनाले पनि काम गरिरहेको एक स्थानीय पत्रकारले बताए । ‘यस क्षेत्रमा भूमिहारको वर्चस्व छ, माथि ब्राह्मण उम्मेदवार भए पनि तल प्रदेशसभामा दुईजना भूमिहार जातिकै उम्मेदवार छन्,’ ती पत्रकारले लोकान्तरसँग भने, ‘ती दुवै जातिले यादव वा अन्य जातिको नेतृत्व स्वीकार गर्न चाहँदैनन् । त्यसकारण कांग्रेसमा आबद्ध भूमिहारले बाध्य भएर अन्तिममा ठाकुर र उनको प्यानललाई नै मत दिनेछन् ।’

उक्त क्षेत्रमा भूमिहारको १५ हजार मत छ । ब्राह्मणको ५ हजार जति मत छ । मुस्लिमको १० हजार, यादवको १० हजार, वैश्यको ८ हजार र अन्य पच्पुनिया जातिको १५ हजार जति मत छ ।

उक्त क्षेत्रमा जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, पिपरा गाउँपालिका र एकडारा गाउँपालिका गरी कुल चार पालिका पर्छन् । दलितसहित पच्पुनियाको मत स्वन्तन्त्र उम्मेदवार कापरमा जाने धेरैजसोको विश्लेषण छ । यादव र मुस्लिमका आधा जति मत जसपा उम्मेदवार यादवमा जाने देखिन्छ भने भूमिहारको धेरैजसो र ब्राह्मणको अधिकांश मत ठाकुरमा जाने अवस्था देखिएको छ ।

मुस्लिमको आधा जति मत ठाकुरको पक्षमा तान्न भारतीय पक्षले काम गरिरहेको कांग्रेसका एक नेताले खुलासा गरे ।

‘यहाँ जोसुकैले जे गरे पनि जीत ठाकुरजीकै हुन्छ,’ ती नेताले थपे, ‘ठाकुरजीलाई जिताउनका लागि भारतबाट केही मानिसहरू जनकपुर बसेर स्रोतसाधन समेत परिचालन गरिरहेका छन् ।’ 

‘भारू रकम मात्र होइन, भारतका शक्तिशाली मान्छे नै ठाकुरको पक्षमा लागिसकेको हुनाले ठाकुरको जीत निश्चित रहेको उनको दाबी छ । ‘गठबन्धनभित्रका माओवादी र कांग्रेसले भित्रभित्रै अन्तर्घात गरेछन् भने पनि ५ सयकै मतान्तरले नै किन नहोस्, ठाकुरजीले नै जित्ने अवस्था हुन्छ,’ उनले खुलाए । ती नेताले यस्तो दाबी गरेको भए पनि त्यसको स्वतन्त्र पुष्टि भने हुनसकेको छैन ।

यस्तो किसिमको विश्लेषण स्थानीय स्तरमा भए पनि जसपा उम्मेदवार यादव भने त्यो हल्ला मात्र भएको बताउँछन् । ‘क्षेत्रभर ठाकुरको विकल्पमा मलाई नै मत दिन्छु भनी जनताहरूले भनिरहनुभएको छ,’ यादवले लोकान्तरसँग भने, ‘कसले के हल्ला फैलाइरहेका छन्, त्यससँग मेरो कुनै सरोकार छैन । पूरै क्षेत्र छातामय भइसकेको छ ।’ 

छाताकै माहोल बनेपछि आत्तिएर सत्ता गठबन्धनका उम्मेदवारले त्यस्तो हल्ला फैलाएको उनको कथन छ । आफ्नो जीत भइसकेको, मंसिर ४ को औपचारिकता मात्र बाँकी रहेको उनको ठोकुवा छ । 

स्थानीय मतदाता

यादव पनि ग्रासरूटमा भिजेका नेता हुन् । नेपाली कांग्रेसमा लामो समय सक्रिय रही जिल्ला तहमा राजनीति गरेका उनले २०६३ सालको पहिलो मधेश आन्दोलनका क्रममा पार्टी परित्याग गरेर साबिक मधेशी जनअधिकार फोरममा लागेका थिए । २०६४ सालको पहिलो संविधानसभामा चुनाव जितेपछि उनी कृषिमन्त्री समेत भइसकेका जसपाका पुराना नेता हुन् । 

खास गरेर उनको टीमबाट प्रदेश सभा सदस्यमा रहेका उम्मेदवारका कारण आफ्नो जातिबाहेक अन्य जातिको मत आउने उनको आकलन छ । प्रदेश सभामा एमालेका त्यस क्षेत्रका स्थापित नेता तथा पूर्वसांसद रामदयाल मण्डल र पूर्व मुख्य न्यायाधिवक्ता समेत रहेका जसपा नेता दीपेन्द्र झा उम्मेदवार छन् । 

प्रदेश सभाका ती दुई उम्मेदवारका कारण पनि यादवले जातिगत मत पाउने जसपाका एक नेताले दाबी गरे ।

हरिनारायण यादव

लोकान्तरकर्मीहरूले उक्त क्षेत्रका विभिन्न पालिकाका दर्जनौं मानिसहरूलाई भेट्दा पनि उनीहरूले त्रिकोणात्मक प्रतिस्पर्धा नै रहेको बताए । तर त्यही क्षेत्रमा पर्ने मटिहानीका कतिपय मतदातासँग कुरा गर्दा उनीहरूले जनमत पार्टीको पनि राम्रो अवस्था रहेको बताए ।

केही साता अघिसम्म प्रतिस्पर्धामै नदेखिएका स्वतन्त्र उम्मेदवार रामआधार कापर अहिले रेसमा आउन सफल भएका छन् । ठाकुर र यादवबीच द्विपक्षीय प्रतिस्पर्धा मात्र देखिइरहेको उक्त क्षेत्रमा बिस्तारै कापरको ग्राफ बढ्दै गएको स्थानीयहरूले बताए । 

कापर पनि नेपाली कांग्रेसकै पुराना कार्यकर्ता हुन् । नेपाल विद्यार्थी संघबाट राजनीति शुरूआत गरेका उनले पछिल्लो समय धेरै चुनाव लडिसकेका छन् । तर २०७० सालमा माओवादीबाट संविधानसभाको चुनावमा पराजित भएका थिए । 

त्यसपछि २०७४ सालको चुनावमा उनी प्रदेश सभामा वाम गठबन्धनबाट माओवादी केन्द्रबाट लडेका थिए । तर उक्त चुनावमा पनि उनले हार बेहोर्नुपरेको थियो । २०७९ सालको स्थानीय चुनावमा जलेश्वर नगरपालिकामा मेयरमा नेकपा एमालेबाट चुनाव लडेका उनी त्यसमा पनि पराजित भएका थिए । 

पटकपटक चुनाव लड्दै आएको तर पराजित हुँदै आएको हुनाले पच्पुनिया वर्गले यसपटक कापरलाई सहानुभूति सहितको मत दिने माहोल बनेका कारण उनी चर्चामा आएको स्थानीयहरूको भनाइ छ । त्यस बाहेक उनले सञ्चालन गरेको एक गैरसरकारी संस्थाले गरेको सकारात्मक कामका कारण पनि जनतामा उनीप्रति आकर्षण बढेको एक स्थानीयले बताए ।

कापर चाहिँ राजनीतिक दलहरूको गठबन्धनविरुद्ध जनतामा निराशा छाएको हुनाले मतदाताले आफूलाई विश्वास गरिरहेको बताउँछन् । ‘मधेशको नाममा राजनीति गर्ने दलहरूले मधेशको मुद्दालाई बेचिसके,’ कापरले लोकान्तरसँग भने, ‘एकातर्फ संघीयता चाहने र संघीयताविरोधी पनि एकै मञ्चबाट चुनाव प्रचार गरिरहेका छन्’ उनले भने, ‘अर्कातर्फको गठबन्धन पनि अपवित्र छ । त्यसकारण जनताको झुकाव स्वतन्त्र उम्मेदवारप्रति बढेको हो ।’ 

आफूलाई पच्पुनिया वर्गले मात्र नभई सबै वर्ग, जाति र समुदायले मतदान गर्ने हुनाले आफ्नो जीत सुनिश्चित रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x