×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

काठमाडौं– ६ : सर्वेन्द्र खनाल ‘रेड जोन’मा, भीमसेनदासलाई घण्टीको टक्कर !

कात्तिक ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चुनाव आउन ४ दिन मात्रै बाँकी रहँदा लोकान्तर टोली मंगलवार दिउँसो काठमाडौं क्षेत्र नम्बर ६ को स्थलगत रिपोर्टिङमा गएको थियो । 

Muktinath Bank

काठमाडौंको यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान तथा नेकपा एमालेका सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धेरैको आकलन यिनै दुईमध्ये कुनै एकले जित्छन् भन्ने थियो । तर, स्थलगत रिपोर्टिङमा पुग्दा माहोल फरक पाइयो । यो क्षेत्रमा एमालेले पूर्व प्रहरी महानिरीक्षक खनाललाई टिकट दिएको छ । 


Advertisment
Nabil box
Kumari

एमाले प्रवेश गरेर राजनीतिमा होमिएका खनाललाई यसबीचमा मधेशी दल फुटाउन सांसद अपहरण गरेको आरोप लागेको थियो । सोही दागका कारण युवापुस्ता र शिक्षित मतदाताले उनलाई खासै रुचाएको पाइएन । 

Vianet communication
Laxmi Bank

खनाल चुनावी प्रचारका दौरान मंगलवार मनमैजु महादेव टोलमा बागमती प्रदेश ०३६ लटको ८९५४ नम्बर हाइलक्समा हुइँकिँदै थिए ।

त्यहीबेला उनको गाडी पार भएपछि ८० वर्षीय वृद्ध नारायण सापकोटाले उनका सम्बन्धमा टिप्पणी गरे, ‘न मतदातालाई वास्ता गरेका छन्, न छवि नै राम्रो बनाएका छन्, यिनलाई के भोट दिनू ?’

काठमाडौं ६ का मतदाता

यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट भीमसेनदास प्रधान उम्मेदवार छन् । उनको पक्षमा पनि खासै उत्साहजनक माहोल पाइएन । तर, खनालको तुलनामा भने प्रधानको केही सकारात्मक स्थिति देखियो ।

ठूला र मुख्य प्रतिस्पर्धी भनिएका दलहरूको पक्षमा खासै माहोल नदेखिनुको कारण हो, नयाँ दल र तिनका उम्मेदवारप्रति मतदाताको आकर्षण ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा उम्मेदवार शिशिर खनालले उम्मेदवारी दर्ता गराएका छन् । पुराना दलहरूप्रति आक्रोशित मतदाता खनालतर्फ आकर्षित भएको पाइयो ।

काठमाडौं ६ का मतदाता

स्वतन्त्रको धेरै नै उम्मेदवारी परे पनि माहोल भने घण्टीले तुलनात्मक रूपमा राम्रो बनाएको स्थानीय मतदाता राजन लामाले बताए । ‘पुराना दलले काम नगरेको, उम्मेदवारहरू दोहोरिरहेको आदि कारणले मतदाता नयाँ दलतर्फ आकर्षित भएको देखियो,’ उनले भने ।

काठमाडौं क्षेत्र नम्बर ६ का अर्का स्थानीय होमनाथ पौडेलले पनि दलहरूप्रति आक्रोश पोखे । २०१५ सालदेखि निरन्तर भोट हाल्दै आएका पौडेलले भने, ‘पार्टीले राम्रो उम्मेदवार उठाउन सकेको देखिएन । नयाँ उम्मेदवार पठाउँदा पनि पावर पैसामा मात्रै केन्द्रित भएको देखियो ।’ 

दलहरूले जनअपेक्षा अनुसार काम नगरेकैले नयाँ पार्टी र नयाँ उम्मेदवारहरूप्रति आकर्षण देखिएको उनको बुझाइ छ ।

उनले एमाले उम्मेदवार खनालप्रति बढी आक्रोश पोखे । ‘एमालेले पठाएको उम्मेदवार सुरक्षा संयन्त्र बुझेको र कहाँबाट झार्न सकिन्छ भनेर थाहा पाएको व्यक्ति छन् । नेता अपहरण गरेको बात लागेका यिनले टिकट त फुत्काए, तर जनताको समर्थन पाउने देखिँदैन ।’

काठमाडौं ६ का मतदाता

राप्रपाबाट राजनीति समेत गरेका अर्का मतदाता गोकुल पण्डितले आफू स्वतन्त्रतर्फ आकर्षित भएको बताए । नेताप्रतिको असन्तुष्टिले स्वतन्त्रको पक्षमा माहोल बनाएको उनको बुझाइ छ ।

काभ्रेस्थलीको मध्य भेडीगोठमा भेटिएका सुरेन्द्र थापाले नेताहरूका कारण महंगी बढेको, किसानले मल नपाएको, जनतालाई खान लाउन दुःख भएको गुनासो पोखे ।

उनले यसपटक पुराना दलको विरासतलाई नयाँ युवाको टोलीले विस्थापित गर्ने बताए ।

सुरेन्द्र थापा

पुराना नेताले जनताको अपेक्षाअनुसार काम नगरेको र उनीहरूले आफूलाई केन्द्रमा राखेर आसेपासेलाई मात्रै माथि ल्याएको भन्दै तारकेश्वरका ७० वर्षीय ध्रुवप्रसाद पाण्डेले गुनासो पोखे ।

‘यिनीहरूलाई किन भोट हाल्ने ? आफ्ना आसेपासे ल्याउन मात्रै जितेका रहेछन् । जनताको आँखामा छारो हाले,’ पाण्डेले लोकान्तरसँग भने, ‘अब जनताले विकल्प खोजेका छन् ।’

उनले थपे, ‘दलले डाँका, फटाहा, अपहरणकारीहरूलाई मात्रै नेता बनाएका छन् । उनीहरूसँग पैसा छ, त्यसैले होला । तर जनताहरू को कस्तो हो भनेर चिन्ने भएका छन्,’ पाण्डेले आक्रोश पाखे ।

स्थानीय ८० वर्षीय तुलसीप्रसाद लामिछानेले काम नगरी पुरानै एजेन्डा लिएर उम्मेदवारहरू घरदैलोमा आएको बताए । ‘८ वर्षमा एउटा सडक पिच गर्न सकेका छैनन् । अहिले फेरि उही एजेन्डा ल्याएर आए, अब भन्नुस् के गर्ने ?’ प्रतिप्रश्न गर्दै लामिछानेले भने, ‘अब जनतामा चेतना आएको छ, जमाना फेरिएको छ ।’

नेताले जनतालाई ‘जन्तु’ बनाएको उनको तर्क छ । 

‘जनतालाई जन्तु बनाए । भोट माग्ने बेलामा मात्रै आउँछन् । कर्मचारीलाई पनि यिनैले भ्रष्टाचार गर्न सिकाएका हुन्,’ लामिछानेले भने ।

पूर्व वडाध्यक्ष समेत रहेका कपुर तामाङले पनि नेताहरूप्रति आक्रोश पोखे ।

‘नेताहरूले जनतालाई बेवकुफ बनाउँछन् । म प्रधानमन्त्री बन्छु भन्दै भुक्छन्, जित्ने हो कि हैन, कति गफ दिन सकेका हुन्,’ उनले भने ।

अहिलेको माहोल हेर्दा काठमाडौं– ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको स्थानीयको विश्लेषण छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x