×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

लोसपा राष्ट्रिय दल बन्छ, उम्मेदवारी दिएको सबै सिट जित्दैछौं- जय निशान्त [अन्तर्वार्ता]

जनकपुरधाम | कात्तिक ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका बौद्धिक नेता हुन् जय निशान्त । स्थानीय तह निर्वाचनदेखि प्रदेश तथा प्रतिनिधिसभा चुनावसम्म लोसपाको चुनावी घोषणापत्र तयार गर्ने काममा उनी नेतृत्वदायी भूमिकामा रहे । पार्टीको विधान बनाउने काममा पनि उनले अग्रणी भूमिकामा रहेर योगदान गरेका छन् । पूर्व संचारकर्मीसमेत रहेका उनीसँग अन्तर्राष्ट्रिय संस्थाहरूमासमेत काम गरेको अनुभव छ । नेशनल डेमोक्य्राटिक इन्ष्टिच्युसन (एनडीआई)को नेपाल निर्देशक हुनुका साथै मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) एमसीए–नेपालमा पाँच जना मुख्य सदस्यहरू डा. विश्व पौडेल, हितेन्द्र देव शाक्य, तुलसी सिटौलासहित प्रमुख सदस्य बनेर काम गरिसकेका छन् । लोकतन्त्र, विकास तथा विधिको शासनका विषयमा अमेरिकाको स्ट्याण्डफर्ड विश्वविद्यालयबाट विशेष अध्ययन गरेका निशान्त अहिले लोसपाबाट मधेशी क्लस्टरमा पहिलो नम्बरमैं प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार छन् । चुनावी अभियानमा जनकपुरमा भेटिएका निशान्तसँग लोकान्तरकर्मी अजयअनुरागीले गरेको कुराकानीको सम्पादित सारः 

yONNEX
LAxmi BAnk
nabil BANK inside

तपाईं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेशी क्लस्टरमा पहिलो नम्बरमैं प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार हुनहुन्छ । तपाईं लोसपामा कहिलेदेखि आवद्ध हुनुहुन्छ ?


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

लोसपा नेपाल आफैंमा नयाँ पार्टी हो। तर, यस पार्टीमा आवद्ध नेताहरू पुरानै हुनुहुन्छ । यो पार्टीको पृष्ठभूमी थाहा पाउन, तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)सम्मै पुग्नुपर्छ । मेरो अनौपचारिक आवद्धता वा सामिप्यता तमलोपादेखि नै हो । कालान्तरमा राजपा, जसपाहुँदै लोसपासम्म आईपुगेको छ । तमलोपा गठन हुँदादेखि नै नजिक रहेर मैले काम गरिरहेको छु ।

तपाईंलाई लोसपामा ‘थिङ्क ट्यांक’कोरूपमा परिचित हुनुहुन्छ । अहिले पार्टी नै संकटमा परेको विश्लेषण सुनिन्छ । यसको मुख्य कारण के हो ?


Advertisment
cg elex island
Saurya island

मधेशलाई केन्द्रमा राखेर राजनीति गर्ने क्रममा लोसपालगायत अन्य पार्टीहरूको जन्म भएको हो । कुनै पार्टीलाई सफल हुनको लागि त्यसका तीन वा चार वटा अवयवहरूले राम्रो किसिमले काम गरेको हुनुपर्छ । त्यसमध्ये पार्टीकोे प्लेटफर्म वा पार्टीको मुद्दा नै प्रमुख हो । अहिले लोसपासँग मधेशको प्रमुख मुद्दा छ । किनभने मधेशको मुद्दा अहिलेसम्म नेपालमा सुल्झिएको छैन । मुद्दाको हिसाबले हेर्ने हो भने लोसपामा कुनै किसिमले कमजोर छैन । अर्को अवयव भनेको पार्टीको संगठन हो । मधेशसँग जोडिएर खुलेका पार्टीहरूले जुन तरिकाले संगठन निर्माणमा काम गर्नुपर्ने हो त्यो गर्न नसकेको हो कि ? नेतृत्वको हिसाबले लोसपामा कुनै संकट छैन । महन्थ ठाकुरजी जस्तो शानदार व्यक्तित्व भएको पार्टी अध्यक्ष हुनुहुन्छ । पार्टीसँग जबर्जस्त मुद्दा छँदै छ । असल नेतृत्व पनि यो पार्टीले पाएको छ । तर, संगठन निर्माणमा पर्याप्त ध्यान दिन सकिएन की भन्ने कुरा विश्लेषणको विषय हुनसक्छ । आन्दोलनमा नै धेरै समय दिनुपर्ने भएकोले मधेशसँग जोडिएका मुद्दा तथा विषयमा काम पनि धेरै गर्नुपर्ने भएकाले संगठन निर्माणमा जसरी ध्यान दिनुपर्ने हो त्यो नभएको हो । 

पार्टीको सिद्धान्त, विचार, दर्शन यसका जोडिएर आउँदैन ? 

Vianet communication
IME BANK INNEWS

विल्कुलै आउँदैन । हामी राष्ट्रियरूपमा एउटा जिम्मेवार पार्टी हो । हामी अरू भन्दै र मुद्दाहरू छोड्दै हिड्ने, सत्ता मात्र भोग गर्ने पार्टी पनि होइन । हामीले मुद्दालाई जबर्जस्तरूपमा पक्रेर राखेका छौं । पार्टीको विचारमा, पार्टीको सोचमा, दर्शनमा मुद्दाप्रति कुनै पनि किसिमले कन्जुस्याई गरिएको छैन । संगठन निर्माणको दौरानमा केही कमी कमजोरी भएको हुनसक्छ । तर, अहिले पनि हामी मधेश र मधेशीलगायत नेपालमा रहेका जति पनि उत्पीडित र अन्य राज्यको विभेदको सिकार भएका समूहहरूकै आवाज उठाइरहेका छौं ।

गत निर्वाचनमा साविकको संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले गठबन्धन गर्दा मधेश प्रदेशमा सरकार बनेको थियो । संघमा पनि चौथो र पाँचौं शक्ति थियो । तर, अहिले लोसपा र जसपा छुट्टाछुट्टै गठबन्धनमा जाँदा मधेशमा दुवै पार्टीलाई ठुलै क्षती भएको देखिन्छ । लोसपा र जसपाको मात्रै गठबन्धन किन बन्न सकेन ? यसको मुख्य दोषी को हो ?

कुनै व्यक्तिलाई मात्रै मुख्य दोषी देखाउँदा न्यायोचित नहोला । यसलाई हामी बेमेल प्रवृत्तिका २ वटा पार्टीहरूले मेल गर्न खोजेको एउटा असफल अभ्यासकोरूपमा लियौं । महन्थ ठाकुरजी लोकतान्त्रिक पृष्ठभूमीबाट आउनुभएको शान्त र सरल स्वभाव भएको मृदुभाषी नेता हुनुहुन्छ । अर्कातर्फ, उपेन्द्र यादवजी वाम पृष्ठभूमीको नेता हुनुहुन्छ । उहाँको संगठनप्रतिको बुझाई, संगठन हाँक्ने तरिका र महन्थजी संगठन हाँक्ने तरिका विल्कुलै फरक प्रकृतिको छ। त्यसैले, उहाँहरू दुवै जना एउटै संगठनमा बसेर सामुहिकरूपमा नेतृत्व प्रदान गर्न सक्ने देखिएन । उहाँहरूको राजनीतिक सोँच र दर्शन पनि फरक छ । उपेन्द्रजीमा कता कता एउटा जातीय संकीर्णताको सोच हाबी भएको हो की जस्तो पनि छ । उहाँ मधेशको नेता हुनुभन्दा पनि एउटा जातीय समुहको नेता मात्र हुन खोज्नु भएको हो की भन्ने आभाष पनि भएको थियो । यी सबै कारणले गर्दा यी दुवै पार्टीहरू एक भएर अगाडि बढ्न नसकेको हो ।

केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिसकेपछि ओलीलाई महन्थ ठाकुरले समर्थन गर्नुभएको कारण पार्टी फुटेको हो भनेर भनिएको थियो नि ?

विचारको अधारमा पार्टीहरू जुटेको र फुटेको दृष्टान्तहरू निकै कम छ । आफ्नो अनुकुलता, पार्टीको अनुकुलता, कुनै नेता विशेषको अनुकुलताको कारणले नै पार्टी फुटेको देखिन्छ । नेतृत्वको राजनीतिक सम्भावना केमा देखिन्छ त्यही आधारमा पार्टीहरू फुट्ने गरेका छन् । ओलीजीको विरुद्धमा उपेन्द्रजी हुनुहुन्थ्यो तर अहिले उहाँ आफै ओलीजीसँग जानुभएको छ । त्यसैले उपेन्द्रजीकै त्यतिबेलाको कुरा मान्ने हो भने, त्यो कुरा त्यतिबेला सही थियो भने अहिले पनि सही हुनुपर्ने हो । यो सबै सैद्धान्तिकभन्दा पनि व्यावहारिक राजनीतिको परिणाम हो । 

तपाईंले महन्थ ठाकुरको ठूलो प्रशंसा गर्नुभयो । तर, उहाँ आफै निर्णय लिनुहुन्न, भारतले जस्तो निर्देशन दिन्छ सोहीअनुसारको राजनीतिक लाइन अपनाउनुहुन्छ भन्ने आरोप पनि लाग्ने गर्छ नि ? 

त्यस्तो आरोप लगाउनु पनि अतिशयोक्ति होला । त्यस्तो आरोप नलगाउनु नै राम्रो । महन्थजी उमेरले मात्रै होइन, राजनीतिक अनुभवले पनि निकै पाको नेता हुनुहुन्छ । मधेशको मुद्दामा आफ्नो संगठनको बलमा, आफ्नो नेतृत्व क्षमताले उभिएको नेता भएकोले कुनै व्यक्ति विशेष वा संगठन विशेष वा कुनै शक्ति विशेषको पछि लाग्नुपर्छ भन्ने बाध्यता उहाँलाई नपर्न सक्छ । तर, राजनीति गर्दै गएपछि राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा केही मित्रहरू हुन सक्छन्, जसको सदासयता पार्टी वा व्यक्तिप्रति हुनसक्छ । त्यो हरेक पार्टीमा हरेक नेताको हुनसक्छ । त्यसैले, कुनै पार्टी बन्नु वा बिग्रनुमा कुनै पनि बाह्य शक्तिलाई दोष दिनुभन्दा पनि त्यो पार्टी आफैंमा कति सक्षम छ वा छैन त्यसको लेखाजोखा राख्यो भने राम्रो होला । त्यसकारण, हामी कुनै बाह्य इसारामा होइन की आफ्नै खुट्टामा उभिएको र आफ्नै नेतृत्व भएको कारण यसले जे जस्तो कामहरू गरिरहेको छ त्यो नितान्त आफ्नै निर्णय हो ।

त्यस्तो संकेत त बेला बेला देखिन्छ नि होइन र ?

त्यो आउन सक्छ । देशका सबभन्दा चर्चामा रहने पात्रहरू भएकाले पनि भेटघाटका क्रममा देश विदेशको भ्रमण गर्ने क्रममा, बाहिरबाट आउने पाहुनाहरूलाई भेट्ने क्रममा वा उनीहरूलाई हामीले गर्ने व्यवहारको आधारमा कसैको कसैसँग सामिप्यता देखिन सक्छ । त्यो आवरणको कुरा हो । मूल कुरा भनेको कसले कोसँग फोटो खिचायो भन्ने आधारमा पार्टी चल्ने होइन । पार्टी भनेको विचार, संगठन, नेतृत्व, सिद्धान्तको आधारमा चल्ने हो । बाह्य शक्ति भनेको जो सबल छ त्यहीँसँग हुन्छ ।

जसपालाई सत्ता गठबन्धनबाट हटाउन र लोसपालाई भित्र्याउनमा पनि भारतको भूमिकाको चर्चा हुन्छ । चुनावमा लोसपालाई सञ्जिवनी दिने काम भारतले नै गरेको हो ? 

जसपालाई अहिले ‘आउट’ गराउन भारतको भूमिका हो भने त्यसबेला इन गराउँन पनि भारतकै भूमिका हो त ? यसरी भन्नुभयो भने त हामीले चाहिँनेभन्दा बढी बाह्य शक्तिलाई आँकलन गरेको देखिन्छ । त्यति धेरै बाहिरको शक्तिलाई हामीले महत्व पनि नदिउँ । लोसपा नेपालको पार्टी हो । आफ्नै नेतृत्वले सञ्चालन भएको पार्टी हो ।  त्यसैले राम्रो, नराम्रो जे भन्नु छ उसैलाई भनौं । 

सत्ता गठबन्धनमा सहभागी हुन पाएर लोसपाको ‘रेस्क्यु’ भएकै हो नि, होइन र ? 

त्यो बहसको विषय हुनसक्छ । कतिपयको त बुझाई के पनि छ भने लोसपा एक्लै लडेको भए सबै ठाउँमा आफ्नो पार्टीसँग जोडिएको पुरानो प्रखर नेताहरूलाई अवसर दिन सकेको भए सम्भवतः अहिले आउनसक्ने परिणामभन्दा पनि राम्रो परिणाम आउन सक्थ्यो होला । पार्टी एक्लै जाँदा राम्रो वा गठबन्धन गरेर जाँदा राम्रो भन्ने विषयमा बहस र विवाद हुनसक्छ । लोसपाले सञ्जिीवनी बुटी पाएको हो वा हलाहल विष पाएको हो भन्ने त परिणामले देखाउला , तर, अहिलेलाई जे छ, जुन स्वरूपमा गठबन्धन छ त्यो भित्र यो पार्टीले आफ्नो भूमिका जसरी खेल्नुपर्ने हो त्यसरी नै अगाडि बढिरहेको छ ।

सीट बाँडफाँट गर्दा लोसपा र नेपाली कांग्रेसको मात्र सहमती भएको थियो । लोसपाको गठबन्धन नेपाली कांग्रेससँग मात्रै हो कि गठबन्धनका सबै दलसँग हो ?    

ती प्राविधिक कुरा हुनसक्छन । तर, भावनात्मकरूपमा यो पाँचदलको गठबन्धन नै भनेर वर्णन गर्दा ठीक हुन्छ । लोसपाले अलि ढिलो गरेर यो गठबन्धनमा प्रवेश गरेको र त्यो क्रममा कांग्रेससँग अलि घनिभूत छलफल भएकोले त्यस्तो आभाष  भएको हुनसक्छ । अहिले यसलाई हामीले पाँच पार्टीको गठबन्धन नै भनेका छौं ।

तपाईं आफै समानुपातिक उम्मेदवार हुनुहुन्छ । लोसपाले  ‘थ्रेसहोल्ड’ नै कटाउँछ कि कटाउँदैन ? 

हामी थ्रेसहोल्ड कटाउँछौं । थ्रेसहोल्डभन्दा धेरै माथि मत ल्याउँछौं । जति मत पहिलेको चुनावमा ल्याएका थियौं त्योभन्दा बढी नै ल्याउँछौं । कम ल्याउँदैनौ । ५ प्रतिशतसम्म मत आउँछ ।

लोसपाले कति सीट जित्ने अनुमान छ ? 

गठबन्धनमा हामीलाई प्राप्त भएको सबै सीट जित्छौं । गठबन्धनको मजबुत घटककोरूपमा लोसपा स्थापित हुन्छ ।

गठबन्धनभित्र पावर शेयरिङको विषयमा केही सहमति भएको छ ?

चुनाव पछि कस्तो परिणाम आउँछ त्यसआधारमा पावर शेयरिङको कुरा हुन्छ ।

त्यसोभए चुनावपछि यो गठबन्धन नरहन पनि सक्छ ?

रहनुपर्ने हो । रहनको लागि लोसपाले पाउने आफ्नो हैसियतअनुसार जुन भूमिका खेल्नु पर्ने हो त्यो खेल्छ ।

तपाईं अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरिसकेको व्यक्ति पनि हो । अन्तर्राष्ट्रिय समुदायले यो चुनावलाई कसरी लिएको छ ?

अन्तर्राष्ट्रिय समुदायको लागि नेपाल जहिले पनि आकर्षक देश छ । नेपालको जस्तो भूराजनीतिक अवस्थिति छ त्यो हिसाबले पनि हुनसक्छ । नेपाल आफैमा पनि बडो युनिक देश हो । यसको भौगोलिक विशेषताको कारणले होस् वा यहाँ भएका घटनाक्रमहरूले पनि त्यसो भएको हो । लोकतन्त्र अभ्यास भएको सबैभन्दा ठूलो देश भारत र आफ्नै किसिमको समाजवादको अभ्यास गरेको अर्को छिमेकी चीनको बीचमा नेपाल आफ्नै खुट्टामा उभिएको निकै नै पुरानो देश हो । त्यसकारणले पनि नेपाल अन्तर्राष्ट्रिय समुदायका लागि आकर्षणको देश रहँदै आएको छ । लोकतान्त्रिक देशमा गरिने लोकतन्त्रको सबैभन्दा ठुलो महोत्सव संसदीय चुनाव हुँदा अन्तर्राष्ट्रिय समुदायले पनि रूची लिएर चासो राखेको मैले जानकारी पाएको छु । 

तपाईंले एमसीसीमा रहेर पनि काम गर्नुभयो । पछिल्लो समयमा नेपालमा अमेरिकाको उपस्थिति बढेको छ । अबको चुनावबाट कस्तो सरकार बन्ला भन्ने अमेरिकालाई चासो त होला नि ?  

अमेरिकाको नेपालमा मूलरूपमा स्वार्थ भनेको नेपालमा लोकतान्त्रिक प्रणाली यथावत रहोस् भन्ने नै हो । यो प्रणाली अन्तर्गत जुनसुकै पार्टीको सरकार आउँछ त्यसलाई अमेरिकाले समर्थन गर्छ । यो उसको औपचारिक धारणा नै हो । र, व्यवहारमा पनि मैले त्यहीँ देखिरहेको छु । अमेरिकी संस्थाहरूसँग, अमेरिकी सरकारसँग निकट रहेर मैले धेरै लामो समयसम्म काम गरेको हिसाबले भन्नुपर्दा अहिलेसम्म नेपालमा लोकतन्त्र मजबुत होस्, लोकतन्त्रि  प्रणालीबाट जस्तोसुकै सरकार बन्छ त्यससँग सहकार्य गरेरै अगाडि बढौं भन्ने नै हो । अहिलेको यो चुनाव पनि पारदर्शी होस्, स्वच्छ होस्, हिंसारहित होस्, समावेशी होस् भन्ने नै अमेरिकाको चाहना हुनुपर्ने हो । 

यी सबै प्रकरणलाई भारतले कसरी हेरिरहेको पाउनुभएको छ ? 

भारतले कसरी हेर्छ भन्दा पनि भारतले कसरी हेर्नुपर्छ भन्ने कुरा महत्वपूर्ण हो । भारत निकै नै निकट रहेको चिरस्थायी मित्र हो । भारत नेपालको शान्ति, नेपालको विकास र नेपाल कुनै अन्तर्राष्ट्रिय तत्वहरूको अखडा नबनोस् भन्ने कुरामा भारत सजग छ । त्यसैले, भारतको हितमा शान्त नेपाल, लोकतान्त्रिक नेपाल र समृद्ध नेपाल रहेको हुनाले भारतले पनि सोहीअनुसारको भूमिका निर्वाह गरेको हुनुपर्छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
मंसिर २९, २०७९

कांग्रेस नेता डा. प्रकाशशरण महत अहिले पार्टी प्रवक्ताको जिम्मेवारीमा छन् । पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने महतलाई कांग्रेसले समानुपातिक सांसद बनाएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा महाम...

मंसिर २, २०७९

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्त्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व...

मंसिर १५, २०७९

सुर्खेत– १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का काठमाडौं फर्कनेक्रममा सुर्खेतबाट सिधै बालुवाटार गए । र, सभापति शेरबहादुर देउवासँग बधाई साटासाट गरे । बुध...

पुस २७, २०७९

भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहता नेपाल मामिलामा धेरै जानकारी राख्ने बुद्धिजीवी हुन्  । मेहताको विश्लेषण भारतीय संस्थापनसँग नजिक र मिल्दोजुल्दो पाइन्छ  । नेपालसँग सरोकार राख्नेगरी दिल्ल...

मंसिर १४, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले दुवै गठबन्धनसँग संवाद भइरहेको बताएका छन् । जनमत पार्टीको एजेन्डा पूरा गराउन जुन गठबन्धनले तत्परता, प्रतिबद्धता जनाउँछ त्यसैसँग सहकार्य हुने उनले बताएका छन् । सरका...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x