×

Nic Asia
Dabur
Prabhu Bank

अमेरिकी प्रविधि कम्पनीहरूले कर्मचारी निकाल्दा नेपालीलाई पनि असर

काठमाडाैं | मंसिर १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अहिले अमेरिकाका ठूला प्रविधि कम्पनीहरूले खर्च कटौतीका नाममा कर्मचारीहरूलाई निकालिरहेका छन् । यसले नेपालदेखि केन्यासम्मका मानिसलाई असर पारेको टाइम पत्रिकामा बिल्ली पेरिगोले लेखेका छन् ।

yONNEX
IME BANK INNEWS

पेरिगोका अनुसार, सामाजिक सञ्जालको ठूलो कम्पनी मेटाले ११ हजार कर्मचारी निष्काशन गरेको घोषणा गरेको छ । त्यो भनेको कुल कर्मचारी संख्याको १३ प्रतिशत हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

गत अक्टोबर महिनामा इलोन मस्कले ट्विटर किनेपछि कम्पनीका लगभग ३ हजार कर्मचारी निकालेका छन् । त्यो भनेको कुल संख्याको आधा हो । 

त्यस्तै अमेजन कम्पनीले १० हजारभन्दा बढी कर्मचारी बर्खास्त गर्न खोजेको छ । माइक्रोसफ्ट, लिफ्ट र स्ट्राइपले पनि त्यसै गर्न खोज्दैछन् । 


Advertisment
Lokantar App
Saurya island

यसले महिनाको एक लाख डलरभन्दा बढी कमाउने कोडरहरू मात्र प्रभावित भएका छैनन् । भूमण्डलीकृत अर्थतन्त्रका कारण नेपाल जस्ता विकासशील मुलुकमा रही अमेरिकी प्राविधिक कम्पनीहरूको काम लिएर केही डलर कमाउने नेपालीहरूलाई पनि यसले असर पारेको छ । 

अमेरिकी समकक्षीको तुलनामा थोरै मात्र कमाइ गर्ने उनीहरूलाई निष्काशनका कारण गरीबीको रेखामुनि धकेलिने डर छ ।

Vianet communication

क्लाउडफ्याक्ट्री नामक आउटसोर्सिङ कम्पनीमा रहेका सयौं कर्मचारीमा नेपालीहरू पनि पर्छन् । त्यस कम्पनीका ६०० ग्राहकमध्ये माइक्रोसफ्ट पनि एक हो । क्लाउडफ्याक्ट्रीले नोभेम्बर ९ मा लगभग १२ प्रतिशत कर्मचारी कटौती गरेको थियो । 

निकालिएका कर्मचारीहरूलाई केही रकम दिइने भने पनि कति दिइने उसले खुलाएको छैन । 

नोभेम्बर १५ मा क्लाउडफ्याक्ट्रीको वेबसाइटमा उल्लेख भएअनुसार, नेपाल र केन्यामा उसका ७ हजारभन्दा बढी कर्मचारी छन् । 

नेपालको श्रम कानूनले कर्मचारीहरूलाई पर्याप्त संरक्षण गर्दैन । यहाँबाट क्लाउडफ्याक्ट्रीका लागि काम गर्ने धेरै कर्मचारी कटौतीमा परेपछि उनीहरूको बिचल्ली भएको छ । 
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ८, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ तीन दिने भ्रमण सकेर मस्कोबाट बुधवार उडेका छन् ।  सीको भ्रमणले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई निकै आडभरोसा दिएको छ । पश्चिमी जगतले पुटिनलाई एक्लयाउन कोशिश गरेको भए पनि स...

चैत ९, २०७९

अनलाइन माध्यमबाट भेटिएका युवायुवतीले विवाह गरे तर उनको वैवाहिक जीवन धेरै टिक्न सकेन । आइसल्यान्डमा भएको घटनामा सम्बन्धविच्छेदपछि महिलाले पुरुषलाई लगातार धम्की दिन थालिन् । ती महिलाले पूर्व पतिलाई म्यासेज प...

चैत ८, २०७९

रुसको जलसेनाले क्राइमियाको सेभास्तोपोल बन्दरगाहमा बुधवार गरिएको ड्रोन आक्रमण रोकेको त्यहाँका गभर्नर मिखाइल राज्भोजाएभले बताएका छन् ।  युक्रेनमाथि रुसले आक्रमण शुरू गरेयता मस्कोको कृष्ण सागर बेडाको मुख्या...

चैत ९, २०७९

भारतको गुजरातस्थित सुरतमा रहेको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको कैद सजायको फैसला दिएको छ ।  सन् २०१९ मा उनीविरुद्ध दायर गरिएको फौजदारी मानहानिको मुद्दामा उनलाई दोषी ठहर गरी सजा...

चैत ९, २०७९

भारतको पञ्जाब प्रहरीको फरार सूचीमा रहेका ‘वारिस पञ्जाब दे’का प्रमुख अमृतपाल सिंहले सिख धर्मको ‘सन्त’को भेषमा महिलामाथि अश्लील हर्कत गर्ने गरेको खुलासा भएको छ । भारतीय सञ्चारमाध्यम आ...

चैत ९, २०७९

युद्धका कारण क्षतिविक्षत बनेको युक्रेनको पुनर्निर्माणका लागि लगभग ४११ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ ।  युक्रेन सरकार, विश्व बैंक, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघले मिलेर गरेको मूल्यांकनमा यस्तो अ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x