माघ १८, २०७९
मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरू महतको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेकी भावना महतले बयान व्यहोराको प्रतिकूल बकपत्र दिएकी छन्। पनेरुले १ लाख ५० हजार रुपैयाँ...
काठमाडाैं | मंसिर २, २०७९
यतिबेला आसन्न निर्वाचनको मौन अवधि शुरू भएको छ ।
निर्वाचन आयोग र सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेको छ । निर्वाचनको कारण भारत र चीनसँगका सीमा नाकाहरू बन्द छन् । मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ ।
निर्वाचनमा नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन् । मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना रहनेछ ।
निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै सबै सुरक्षा निकायले आफ्नो सुरक्षा व्यवस्था कडा बनाएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हुने सुरक्षा व्यवस्थाको सम्बन्धमा न्युज एजेन्सी नेपालले निर्वाचनको समग्र सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थाका बारेमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँग कुराकानी गरेको छ ।
प्रस्तुत छ कुराकानीको सम्पादित अंश
निर्वाचनमा समग्र सुरक्षा व्यवस्थाको कुरा गर्दा सशस्त्र प्रहरी बल, नेपालले पाएको जिम्मेवारीको अवस्था कस्तो छ ?
निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको सम्बन्धमा भन्दा एकीकृत सुरक्षा योजना जुन तयार भइसकेको छ, नेपाल सरकारले बनाएको, निर्वाचन आयोगले बनाएको । एकीकृत सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी बलको जिम्मेवारीभित्र जुनजुन कुराहरू हामीले गर्नुपर्ने भन्नेछ, जस्तोः निर्वाचन अधिकृतको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको सुरक्षा । समग्र रुपमा भन्ने हो भने निर्वाचन अगाडि, निर्वाचनको दिनमा र निर्वाचन पछि मतगणना स्थलसम्मको सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको छ । यसको लागि सुरक्षाको पाटोमा हेर्दा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय र सहकार्यमा सुरक्षा व्यवस्थालाई अन्तिम चरणमा गएर सबै जना फिल्डमा खटिसकेको अवस्था छ । निर्वाचनको सुरक्षा सम्बन्धमा पूर्ण रुपमा तैनाथीको काम सकिसक्यो ।
निर्वाचनका लागि कस्ता खालका चुनौती आँकलन गरेका छौँ ? कसरी विश्लेषण गरेका छौँ ?
सुरक्षा चुनौती दिनानुदिन नयाँ–नयाँ हुँदै जाने गर्छन् । भर्खरै स्थानीय चुनाव सकियो । त्यो चुनाव हाम्रै सुरक्षा योजना अनुसार हामीले शान्तिपूर्ण रुपमा भयरहीत रुपमा सम्पन्न गर्यौं । त्यसको अनुभवका आधारमा यसपालीको सुरक्षा योजना त्यही अनुसार तयार गरेका छौँ । दुई प्रकारको सुरक्षा चुनौतिहरूलाई मैले बनाएको छु । आन्तरिक र वाह्य सुरक्षा चुनौती । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गर्ने जिम्मेवारी पाएको कारणले गर्दाखेरी सम्पूर्ण सिमा नाकाहरू निर्वाचनको दिनको ७२ घण्टा अगाडिबाट बन्द गर्नुपर्ने अवस्था छ, जुन हिजो रातिबाट कार्यान्वयनमा आइसकेको छ । त्यो अवधिमा सीमा नाकाहरू बन्द गर्नुपर्ने र छिमेकी देशहरूबाट हाम्रो देशमा मान्छेहरू आउने क्रमलाई रोक्नुपर्ने, आवतजावत बन्द गर्नुपर्ने थियो त्यो पूरा गरिसकेका छौँ । त्यो अवस्थामा मान्छेहरू आउँदाखेरी साना हतियारहरू लिएर आउने, अपराधिक मनोवृत्तिका मान्छेहरू भित्र छिर्ने, निर्वाचनलाई प्रभाव पार्नसक्ने, यस्तो क्रियाकलाप नहोस् भनेर हामीले अन्तर्राष्ट्रिय रुपमा छिमेकी देशको सुरक्षाकर्मीहरू सँग समन्वय गरेर । उदाहरणका लागि हाम्रो दक्षिणपट्टि २२० वटा बोर्डर आउटपोष्टहरू छन् भने त्यो २२० वटा बोर्डर आउटपोष्टहरू हाम्रो स्थायी चेक पोइन्ट त्यहीँ बसेको छ । कोभिडको बीचमा हामीले १२०० वटासम्म चेक पोइन्टहरू राखेका थियौँ ।
त्यस्तै हाम्रो चेक पोइन्टले नपुगेको ठाउँ–ठाउँमा, बीचमा ग्यापलाई परिपूर्ति गर्नका लागि भारतको एसएसबीसँग पनि समन्वय गरेर त्यो ग्यापमा उहाँहरूको ड्युटी तैनाथी हुन्छ । र आवतजावत पूर्ण रुपमा बन्द गरी यो निर्वाचनमा वाह्य कुनै प्रभाव नपर्ने व्यवस्था हामीले मिलाएका छौँ । अब आन्तरिक रुपमा भन्नुपर्दा, मतदानस्थलको सुरक्षामा नेपाल प्रहरी, म्यादी प्रहरी खटिएको हुन्छ । त्यसभन्दा बाहेक बाहिर हामी हुन्छौँ । नेपाली सेना हुन्छ । मतदाताको घरदेखि मतदानस्थलसम्म पुग्नका लागि त्यो सम्पूर्ण रुटको, बाटोको सुरक्षा गर्ने जिम्मेवारी पनि हामीमा छ । शान्तिपूर्वक रुपमा, भयरहीत, निर्धक्क तरिकाले गएर आफ्नो मतदान गरेर फर्किने अवस्थासम्मलाई उहाँहरूलाई सुरक्षितसँग घरबाट मतदानस्थल र मतदानस्थलबाट घरसम्म पुर्याउनको लागि सशस्त्र प्रहरी बलले मोबाइल, स्ट्रयाकिङ, चेकपोइन्टहरू राखेर मतदातालाई ढुक्कसाथ मतदान गर्ने वातावरण बनाउनको लागि सुरक्षा तैनाथी भइसकेको छ र यो कुरा सम्पूर्ण फिल्डसम्म निर्देशन जारी भइसकेको छ ।
आन्तरिक चुनौतीको कुरा गर्दा विभिन्न रुपमा निर्वाचनको वातावरण विथोल्ने प्रयास हुनसक्छ, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ? कुनै निगरानी छ कि छैन ?
निर्वाचनको दिनमा निर्वाचन कसरी शान्तिपूर्ण सम्पन्न गर्न सकिन्छ भन्ने हिसावले सबैभन्दा महत्वपूर्ण कुरा सूचना हो । सूचनालाई विश्लेषण गर्नका लागि हामीले छुट्टै टिमपनि राखेका छौँ । र स्थानीय स्तरमा पनि सूचनालाई महत्व दिएर त्यो सूचनाको विश्लेषण अनुसार कुन ठाउँमा कत्तिको संवेदनशील छ ? कस्ता खालका घटनाहरू हुनसक्छ ? त्यहाँ दुई किसिमको घटनाहरू हुनसक्छ, एउटा निर्वाचन बहिष्कारवादीहरूले गर्नसक्ने घट्ना हुनसक्छ भने अर्को राजनीतिक दलहरूको आपसी झडपको घटनाहरू पनि हुनसक्छन् । यो दुईवटै घटनाहरूलाई कसरी सकेसम्म हुन नदिने र भइहाल्यो भने पनि निर्वाचनलाई बिथोल्न नदिने, निर्वाचनलाई स्थगित हुन नदिनेगरी हामीले योजना बनाएका छौँ । त्यही योजना अनुसार नै यो निर्वाचन सम्पन्न हुन्छ ।
मतदानस्थलमा मत खसेपछि मत गणनास्थलसम्म लैजान कसरी बन्दोबस्ती गर्नुभएको छ ? यी कामका लागि चाहिने सामग्रीहरूको बन्दोबस्ती कस्तो छ ? कत्तिको पर्याप्त छ ? कसरी व्यवस्थापन गरिएको छ ?
मतदान सकिएपछि मतपेटिकाहरूलाई सुरक्षितसाथ मत गणनास्थलसम्म पुर्याउनका लागि निर्वाचन क्षेत्र क्षेत्रमा टोली खटिएको हुन्छ । निर्वाचन क्षेत्रको हिसाबले हाम्रो परिचालन छ । मतपेटिकाहरूलाई सुरक्षितसाथ मतगणनास्थल सम्म लैजान्छौँ । लजिस्टिकको कुरा पर्याप्त छन् कि छैनन् भन्ने कुरामा अहिले जति हामीलाई प्राप्त भइसकेको छ, त्यसको लागि हामीले राम्रोसँग व्यवस्थापन गरेका छौँ र केही कुराहरू अपुग भयो भनेपनि स्थानीय सरकार र स्थानीय स्रोत, साधन जुटाएर त्यसको लागि कुनै समस्या नहुनेगरी सुरक्षाको वातावरण मिलाएका छौँ ।
अन्त्यमा, सशस्त्र प्रहरी बल, नेपालको प्रमुखको रुपमा यहाँले मतदाताहरूलाई निर्वाचनको सुरक्षाको विषयलाई लिएर भन्नुपर्ने केही छ कि ?
हाम्रो मुख्य लक्ष्य भनेको यो निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने, यसलाई राज्यले एउटा महाअभियानको रुपमा लिएको छ । यो अभियानलाई पूरा गर्नको लागि सुरक्षाको तर्फबाट कुनैपनि किसिमको कमी कमजोरी हुन्न । मतदाता महानुभावहरू यहाँहरूले कुनैपनि किसिमको डर, धम्की, त्रासको वातावरण पाउनुहुने छैन । ढुक्ककासाथ मतदान गर्ने वातावरण हुन्छ । त्यसकारण बढीभन्दा बढी सहभागिता जनाएर मतदान कार्यमा सहभागि हुनका लागि म यहाँहरू सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।
मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरू महतको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेकी भावना महतले बयान व्यहोराको प्रतिकूल बकपत्र दिएकी छन्। पनेरुले १ लाख ५० हजार रुपैयाँ...
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर गरेका हुन् । निवेदनमा निर्व...
सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका ‘सभापति’ रवि लामिछाने नागरिकताविहीन भएका छन् । सर्वोच्च अदालतले उनले निर्वाचनका समयमा प्रयोग गरेको नागरिकतालाई मान्यता नदिएपछि उनी अना...
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको छ । यससँगै उनको सांसद पद गएको छ । नेपाली नागरिक नरहेको...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतलगायत ३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। उनीहरूले गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्...
सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । माघ ११ गते लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि तय गरिएको थियो । ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...