माघ १२, २०७९
छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुनेभएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा...
आज सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकर्मीहरूले आफ्नो नजिकको मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गरिसकेपछि केही कलाकारले आउँदो निर्वाचनमा उम्मेदवारी दिने सङ्केत गरेका छन् ।
अभिनेता राजेश हमालले लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई चुनाव लड्ने सङ्केत गरे । “यो चुनावले राजनीतिमा परिवर्तन ल्याउने बुझाइ मेरो छ । पाँच वर्षमा मलाई पनि उम्मेदवारका रूपमा देख्नुहुनेछ”, अभिनेता हमालले भने ।
अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौँ महानगरपालिका–३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरिन् । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै कलाकारहरू सक्रिय राजनीतिमा आएको राम्रो रहेको बताइन् ।
चलचित्र विकास बोर्डको अध्यक्षसमेत रहेका अभिनेता भुवन केसीले काठमाडौँ क्षेत्र नं २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि आफ्नो चाहना सक्रिय राजनीति रहेको जानकारी दिए । उनले पार्टीले दिएको मौकाको सदुपयोग गर्दै आउँदो पाँच वर्षपश्चात् प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा उम्मेवारी दिने निश्चय रहेको बताए ।
कलाकार निर्मल शर्माले काठमाडौँ क्षेत्र नं ४ को सिफल मतदान केन्द्रमा, निर्माता तथा अभिनेता दीपकराज गिरीले काठमाडौँ क्षेत्र नं ९ को दहचोक खहरे केन्द्रमा, अभिनेत्री केकी अधिकारीले काठमाडौँ क्षेत्र नं ३ को अत्तरखेलस्थित लिटिल बर्ड स्कुल केन्द्रमा मतदान गरे । हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले सर्लाही–४ स्थित बरहथवा नगरपालिका–१५ मा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि दलहरूले कलाकारलाई उचित स्थान दिनुपर्ने बताए ।
निर्वाचनमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भोट गर्न पाएनन् । उनीहरू कार्यक्रमका लागि संयुक्तराज्य अमेरिका रहेकाले यसपटक मतदानमा सहभागी नभएका हुन् ।रासस
छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुनेभएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा...
दक्षिण भारतीय अभिनेता सुधीर वर्माले ३३ वर्षको उमेरमा आत्महत्या गरेका छन् । प्रहरीका अनुसार जनवरी १० मा उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए । स्वास्थ्य बिग्रिएपछि उनी हैदराबादस्थित आफन्तको घरम...
रेमिट्यान्स् कम्पनी ईसेवा मनी ट्रान्सफरले अभिनेता दयाहाङ राइलाई 'ब्राण्ड हिरो'को रूपमा आबद्ध गरेको छ । यसअघि नै नेपाली सिने जगतका महानायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा ईसेवा मनी ट्रान्सफरसँ...
बलिउड अभिनेत्री शिल्पा शेट्टीकी बहिनी तथा अभिनेत्री शमिता शेट्टीको एउटा भिडियो भाइरल भएको छ। जसमा उनी टीभी अभिनेता आमिर अलीसँग देखिएकी छन् । शमिता अभिनेता आशीष चौधरीको विवाहको वार्षिकोत्सवमा पुगेकी थ...
बलिउड सुपरस्टार शाहरुख खानको फिल्म 'पठान' बुधवार सार्वजनिक भएसँगै विरोध प्रदर्शन कायम छन् । यस फिल्ममा पवित्र केसरी रंगलाई अश्लील रूपमा देखाइएको भन्दै हिन्दू संगठनहरूले विरोध गरिरहेका हु...
बलिउड अभिनेता शाहरुख खानको 'पठान'ले रिलिजको दोस्रो दिन ७० करोड भारु कमाउन सफल भएको छ। हिजो (जनवरी २६) फिल्मले बक्स अफिसमा कमाएको रकम रिलिजको दोस्रो दिन धेरै कमाउने पहिलो बलिउड फिल्म बनेको छ। ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...