×

NMB BANK
NIC ASIA

अघिल्लो चुनावभन्दा करिब सात प्रतिशत बिन्दुले न्यून मतदान

मंसिर ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अघिल्लो पटकभन्दा यसपटक कम मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार यसपटक ६१ प्रतिशत मतदान भएको छ । जुन निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो । विसं २०७४ मा मङ्सिर १० र २१ गते गरी दुई चरणमा गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६८ दशमलव ६७ प्रतिशत मतदान भएको आयोगको विवरण छ । यसपटकको निर्वाचनमा भएको मतदानको प्रारम्भिक विवरण हेर्दा अघिल्लो पटकभन्दा सात दशमलव ६७ बिन्दुले न्यून मतदान भएको देखिएको हो ।

Muktinath Bank

त्यस्तै, यो निर्वाचनमा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको तुलनामा पनि न्यून मतदान भएको देखिन्छ । स्थानीय तहको निर्वाचनमा ६६ दशमलव ८६ प्रतिशत मत खसेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०७४ को चुनावमा अन्तिम मतदाता नामावलीमा नाम रहेका मतदाताको सङ्ख्या एक करोड ५४ लाख २७ हजार नौ सय ३८ थियो । जसमध्ये एक करोड पाँच लाख ९३ हजार नौ सय ९१ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । 


Advertisment
Nabil box
Kumari

यसपटकको चुनावमा अन्तिम मतदाता नामावलीमा रहेका मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको अघिल्लो चुनावमा भन्दा यसपटक थपिएका मतदाताको सङ्ख्या २५ लाख ६० हजारभन्दा बढी छ ।

Vianet communication
Laxmi Bank

निर्वाचन आयोगका अनुसार आइतबार केही स्थानको चुनाव भने स्थगित भएको छ । नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौरलगायत अन्य आठ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको आयोगले जनाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x