
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यको चुनाव जितेकोमा पार्टीका महामन्त्री गगन थापालाई बधाई दिएका छन् ।
थापाले काठमाडौं–४ बाट चुनाव जितेका हुन् ।
‘नेपाली कांग्रेसकोतर्फबाट प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र ४ बाट निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको सुशकामना व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।
थापाले नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४ सय मतान्तरले पराजित गर्दै काठमाडौं–४ बाट तेस्रो पटक विजयी भएका थिए ।