नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल ८२३ मतले पछि परेका छन् ।
अहिलेसम्म ९ हजार ६३४ मत गणना हुँदा एमालेका लक्ष्मी महतोले ४ हजार ५९ मत पाएका छन् ।
पोखरेलको पक्षमा ३ हजार २६३ मत मात्रै आएको छ ।
पोखरेललाई सत्तारूढ गठबन्धनको साथ भए पनि उनले गणनामा अग्रता कायम गर्न सकेका छैनन् ।