२६ जेठ २०८३, मंगलबार

ओनसरीले भनिन्– सोवितालाई बधाई, काठमाडौं–२ कर्मथलो भयो

ओनसरीले भनिन्– सोवितालाई बधाई, काठमाडौं–२ कर्मथलो भयो

प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले काठमाडौं–२ अब आफ्नो कर्मथलो बनेको बताएकी छिन् । 

काठमाडौं–२ मा सत्तारूढ गठबन्धनको साझा उम्मेदवार रहेकी घर्ती चौथो स्थानमा सीमित भइन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले उक्त क्षेत्रबाट चुनाव जितेकी छिन् । घर्तीले गौतमलाई बधाई दिदैं निर्वाचनको नतिजालाई स्वभाविकरूपमा लिएको उनले बताएकी छिन् । 

‘४ मंसिरमा सम्पन्न निर्वाचनमा काठमाण्डौं–२ बाट विजयी सोविता गौतमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’, घर्तीले भनिन्, निर्वाचनमा जित–हार स्वभाविक प्रक्रिया हो, यसलाई मैले स्वभाविकरुपमा लिएकी छु ।’ 

मतदातालाई धन्यवाद दिदैं उनले भनेकी छिन्, ‘मैले मत माग्ने क्रममा पटकपटक भनेकी थिएं कि काठमाण्डौं क्षेत्र नम्बर–२ मेरो कर्मथलो भइसक्यो । आजको दिनमा उक्त प्रतिबद्धता पुनः एकपटक दोहोर्‍याउन चाहन्छु । यस क्षेत्रका मतदाताका हरेक सुख र दुःखमा म सधैं सँगै हुनेछु ।’

salt training

कमेन्ट गर्नुहोस्