२६ जेठ २०८३, मंगलबार

मोरङ ४(१) बाट गुरु घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

मोरङ ४(१) बाट गुरु घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलाई ४०७ मत अन्तरले पराजित गरी चौधरी निर्वाचित भएका हुन् । 

चौधरीले १५ हजार ४६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन् । 

निर्वाचित भएका चौधरीलाई घिमिरेले बधाई दिएका छन् । बधाई दिँदै घिमिरेले आफ्ना अनुभव तथा सल्लाह सुझव दिएर सघाउने बताएका छन् । ‘पढेलेखेको युवा संसदमा आउनु भएको छ उहाँलाई बधाई छ उनले भने उहाँलाई मेरो पूरै सहयोग हुन्छ’, घिमिरेले भने । 

विजयी भएका चौधरीले घिमिरे अविभावक भएकाले उनको सरसल्लाहबमोजिम काम गर्ने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्