
धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (१) मा नेपाली कांग्रेसका गोविन्द लम्साल विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार डा. रामकुमार अधिकारीलाई २ हजार ९ सय ९७ मतले पराजित गर्दै सत्ता गठबन्धनका उम्मेदवार लम्साल विजयी भएका हुन् । अधिकारीलाई भने राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो ।
यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गरे । त्यस्तै, अधिकारीले १६ हजार ४ सय २२ मत पाएका थिए भने, १ हजार २ सय ६ मत बदर भएको थियो ।
यस प्रदेश सभामा उम्मेद्वार रहेका मंगोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगरले १ हजार १३ मत पाए । त्यस्तै स्वतन्त्र उम्मेद्वारहरू दयाराम लम्साल र खड्ककुमारी सापकोटाले क्रमशः १ सय ४२ र ९९ मत प्राप्त गरे ।