२६ जेठ २०८३, मंगलबार

ओखलढुंगाबाट रामहरि खतिवडा निर्वाचित

ओखलढुंगाबाट रामहरि खतिवडा निर्वाचित

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा ओखलढुंगाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । 

खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का यज्ञराज सुनुवारले २६ हजार सात सय ३८ मत प्राप्त गरे ।

सुनुवारले यसअघि २०७४ सालमा नेकपा माओवादी केन्द्रको सहयोगमा खतिवडालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य बनेका थिए । यसपटक भने माओवादी र नेकपा एससमेतको सहयोग खतिवडालाई मिलेको थियो । त्यसबेला सुनुवारले ३२ हजार पाँच सय ८० मत ल्याउँदा खतिवडाले २७ हजार तीन सय २७ मत पाएर पराजित भएका थिए । 

२०७० को दोस्रो संविधान सभामा भने सुनुवार र खतिवडा दुवै जना सभासद बनेका थिए । सुनुवार ओखलढुंगा १ र खतिवडा २ बाट संविधान सभा सदस्य पदमा विजयी बनेका थिए । ​

त्यसबेला प्रतिनिधि सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको ओखलढुंगा संविधान निर्माणपछि भने एउटा निर्वाचन क्षेत्रमा खुम्चिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्