×

NMB BANK
NIC ASIA

सनसिल्क दशैं भाइब्स २ को विजेता घोषणा

मंसिर ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरूको घोषणा भएको छ । सनसिल्क नेपालले हिन्दू नेपालीहरूको महान चाड दशैं २०२१ को अवसर पारेर एक डिजिटल कन्टेस्ट ‘सनसिल्क दशैं भाइब्स’ सञ्चालन गरेको थियो ।  जसमा प्रतियोगीहरूले आफ्नो राम्रो हेयरस्टाइल र दशैं भाइब्स प्रदर्शन गरी सहभागी हुनसक्ने थिए । 

Muktinath Bank

अभियानलाई ६० मिलियन भन्दा बढीको भ्युज प्राप्त भएको थियो भने २८०० भन्दा बढी प्रतियोगीहरूले आ–आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेर अभियानले उल्लेख्य सफलता हासिल गरेको थियो । प्रतियोगिताका विजेताहरूलाई सनसिल्कको सीमित ‘दशैंप्याक’ संस्करणमा प्रस्तुत हुने विशेष अवसर प्रदान गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसप्रकारको योजना नेपालमा पहिलोपटक शुरु गरिएको हो । यी प्याकहरूको माध्यमबाट सनसिल्क ग्याङ अफ गल्र्स हजारौं नेपालीपरिवारहरूसम्म पुगेको छ ।


Advertisment
Nabil box
Kumari

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीका अनुसार नेपालमा बिक्री हुने एवं लाखौं ग्राहकहरुको रोजाई बनेको सनसिल्क निःसन्देह नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड हो । गतवर्ष सन् २०२१ को दशैं पर्वको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगिताको विजेताहरू सनसिल्क ग्याङ अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा युनिलिभर परिवार हर्षित भएको छ । 

Vianet communication
Laxmi Bank

प्रतियोगिताले आफैमा एक अभूतपूर्व सफलता हासिल गरेको प्रबन्ध निर्देशक मुखर्जीले बताए । ‘सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरुले सम्भावनाहरुलाई व्यापक बनाउन पाउँछन् तब उनीहरु जीवनमा अघि बढ्छन् । हामीले उनीहरुलाई उनीहरुको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका थियौँ’, उनले भने, ‘हामी विश्वास गर्दछौँ कि सुन्दरता सरल हुन्छ र धेरै माध्यमबाट कैद गर्न सकिन्छ । हामी हाम्रा ब्राण्डहरूलाई हाम्रा उपभोक्ताहरू सँगसँगै स्थानीय चाडबाडहरू र संस्कृतिहरूसँग पनि जोड्न चाहन्छौँ । सनसिल्क दशैं भाइब्स र सनसिल्क ग्याङ अफ गल्र्स हाम्रो त्यस्तै प्रयासहरूमध्ये एक हो ।’

सिजन १ मा प्राप्त सफलतालाई निरन्तरता दिँदै सेप्टेम्बर १, २०२२मा ‘डबल सेलिब्रेशन’ नाराका साथ सन सिल्क दशैं भाइब्स २ सञ्चालन गरिएको थियो । जुन प्रतियोगितामा सहभागी बन्न सहभागीहरुले उनीहरुको राम्रो हेयर स्टाइलहरुका साथ दशैं भाइब्स प्रदर्शन गरेको फोटो वा भिडियो पठाउनु पर्ने थियो । सहभागीहरुमध्ये ३ जना विजेतालाई रु.१÷१लाख नगद पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासँग सनसिल्क ग्याङ अफ गल्र्सको नेतृत्व गर्ने र सनसिल्कको प्याकहरुमा प्रस्तुत हुने अवसर दिइएको थियो । यी विजेताहरुको चयनको लागि प्रख्यात व्यक्तित्वहरू नायिका वर्षा राउत, गायिका मेलिना राई र केशविज्ञ स्वस्तिका राजभण्डारी रहेको एक निर्णायक मण्डली बनाइएको थियो । दोस्रो संस्करणको सफलतामा ३७३२ प्रविष्टीहरु प्राप्त भएका थिए । जसलाई डिजिटल प्रचारात्मक सामग्रीहरु एवं प्रत्यक्ष क्रियाकलापहरुको साथ समर्थन रहेको थियो । यस अभियानले टिकटकमा ६६ मिलियनभन्दा धेरैर अन्य सबै डिजिटलमाध्यमहरुमा १०० मिलियनभन्दा बढी भ्युज पाउन सफल भएको छ । सम्भवतः, यो नेपालको सबैभन्दा विशाल डिजिटल प्रचार अभियान हो भन्न सकिन्छ ।

आधुनिक प्रविधिहरु, डिजिटलाइजेसनका साथमा विश्व अगाडि बढिरहेको सन्दर्भमा नेपाल पनि त्यसबाट पनि अघि बढ्नुपर्छ । सनसिल्क नेपालले तीव्र गतिमा परिवर्तन भैरहेको वातावरणतर्फ आफूलाई अनुकूलन बनाउँदै लगेको छ र डिजिटलाइजेसनमार्फत सफलता प्राप्त गर्ने एक ब्राण्ड बनेको छ । 

सनसिल्क दशैं भाइब्स २ को अन्तिम चरणको कार्यक्रम २३ नोभेम्बर, २०२२मा होटल र्‍याडिसनमा आयोजना गरिएको थियो ।  जुन कार्यक्रममा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराईलाई विजेता घोषणा गरिएको थियो । 

प्रत्येक विजेताले रु.१ लाख दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथैउनीहरुले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सन सिल्क ग्याङ अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरुमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

कात्तिक २८, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्‌को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x