×

NMB BANK
NIC ASIA

ओली-प्रचण्ड टेलिफाेन संवाद

चुनावी नतिजा नआइसक्दै प्रचण्डलाई ओलीको फोन– मिलेर जानेबारे गम्भीर भएर सोचौं

मंसिर ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

दुई नेताका बीच तिक्ततापूर्ण सम्बन्धरहेका बेला ओलीले फोन गरेर प्रचण्डलाई चुनाव जितेको बधाई दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओली र प्रचण्डका बीचमा टेलिफोन संवाद भएको दुवै नेताका सचिवालयले पुष्टि गरेको छ । ओलीले विहीबार दिउँसो प्रचण्डलाई फोन गरेका थिए । 


Advertisment
Nabil box
Kumari

संवादका क्रममा प्रचण्डले पनि चुनाव जितेकोमा ओलीलाई बधाई दिएका छन् । 

Vianet communication
Laxmi Bank

दुई नेताबीच चुनावी नतिजा आइसकेपछि आगामी दिनका अगाडि बढ्नेबारे बसेर कुराकानी गर्ने विषयमा कुरा भएको ओलीको सचिवालयले बताएको छ । 

प्रचण्डको सचिवालयका एक जना सदस्यले दिएको जानकारीअनुसार, मिलेर अघि जाने बारे गम्भिर भएर सोच्ने ओलीले प्रचण्डलाई आग्रह गरेका छन् । 

तत्कालिन नेकपा विभाजनपछि ओली र प्रचण्डकाबीचमा तिक्तापूर्ण सम्बन्ध थियो । ओलीले प्रचण्डलाई कांग्रेसलाई साथ दिएर कम्युनिष्ट आन्दोलन सिध्याउन लागि परेको भन्दै सार्वजनिक मञ्चहरूमा गाली बर्साउँथे भने प्रचण्डले ओलीलाई प्रतिगमनकारीको बिल्ला भिराउने गरेका थिए ।

तर, चुनावको नतिजा नआइसक्दै ओलीले प्रचण्डलाई फोन गरेर आगामी दिनमा मिलेर जाने बारे प्रस्ताव गरेका छन् ।

कम्युनिष्ट आन्दोलन सिध्याउन विभिन्न तत्वहरु सक्रिय रहेको र त्यसलाई चिनेर अघि बढ्नपर्ने वारे टेलिफोनमा संवाद भएको ओली र प्रचण्डका सचिवालय सहयोगीहरुले बताएका छन् । 

विहीबार दिउँसो प्रचण्डलाई भेट्न पुगेका नेताहरुसँग ओलीले कम्युनिष्ट आन्दोलनबारे चिन्ता व्यक्त गरेकोमा आफूलाई खुशी लागेको प्रचण्डले बताएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । 

ओलीले बुधबार साँझ निर्वाचन जितकोमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बधाई दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x