२७ जेठ २०८३, बुधबार

सुर्खेतमा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा विष्ट र जिसी निर्वाचित

सुर्खेतमा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा विष्ट र जिसी निर्वाचित

सुर्खेत २ (२) बाट नेकपा (माओवादी केन्द्र) का विन्दमान विष्ट निर्वाचित भएका छन् । एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गर्दै विष्टले प्रदेशसभा सदस्यमा दोस्रो जित हासिल गरेका हुन् ।

यस क्षेत्रमा खसेको ३१ हजार ६८२ मतमध्ये विष्टले १३ हजार ९०९ मत प्राप्त गरे । उनका निकटम् प्रतिष्पर्धी एमालेका गौतमले ९ हजार ३३४ मत प्राप्त गरे । 

विष्टलाई सत्ता गठबन्धनको मुख्य दल कांग्रेसले साथ दिएको थियो । नेकपा (एकिकृत समाजवादी) ले उनीविरुद्ध आफ्नै उम्मेदवार खडा गरेको थियो । एकिकृत समाजवादीका मोहनसिंह बडुवाल ६ हजार २१४ मत प्राप्त गरे । माओवादी केन्द्रका केन्द्रीय सदस्य विष्ट प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री समेत भएका थिए । 

यसैबीच, सुर्खेत १ (२) मा पनि नेकपा माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भएका छन् । एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गर्दै जिसी निर्वाचित भएका हुन् । जिसीले २० हजार ४५५ मत प्राप्त गर्दा निकटम् प्रतिष्पर्धी शर्माले १६ हजार ३१६ मत प्राप्त गरे । जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्