
काभ्रेपलाञ्चोकको क्षेत्र नं २ (१) बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्साल प्रदेश सभा सदस्य पदमा विजयी भएका छन् । लम्साल नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
लम्सालले १९ हजार चार सय मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का कुमार खकुरेलले १९ हजार दुई सय २० मत प्राप्त गरेका छन् । अघिल्लो चुनावमा लम्साल सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए ।