×

NMB BANK
NIC ASIA

तेस्रो पटक संसद् प्रवेश गर्दै छविलाल विश्वकर्मा

मंसिर १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दैछन् ।

Muktinath Bank

सचिव विश्वकर्मा यसपटक पनि रुपन्देहीको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफ्नै पूर्व सहकर्मी घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

बुटवल उपमहानगरपालिका–११ का स्याथी वासिन्दा विश्वकर्मा २०१९ मंसिर २३ गते स्याङ्जा जिल्लामा जन्मिएका हुन् । विक्रम संवत् २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनी यसपटक २४ हजार ८७२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । निकटतम प्रतिस्पर्धी भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

Vianet communication
Laxmi Bank

स्व. चन्द्रबहादुर विश्वकर्मा र गंगाजमुना विश्वकर्माको कोखबाट जन्मिएका विश्वकर्माले २०३७ सालमा नेकपा मालेबाट आफ्ना राजनीतिक यात्रा आरम्भ गरेका हुन् । उनी विक्रम संवत् २०३७ सालमा अनेरास्ववियु पाँचौं उपसभापति (बुटवल बहुमुखी क्याम्पस), २०५१ सालमा नेकपा एमालेको राष्ट्रिय परिषद् सदस्य र २०५८ सालमा एमालेको वैकल्पिक केन्द्रीय सदस्य बनेका थिए ।

सचिव विश्वकर्मा २०६५ सालमा पार्टीको केन्द्रीय कमिटी तथा पोलिटब्यूरो सदस्य हुँदै २०७५ सालमा स्थायी कमिटी सदस्य बनेका थिए ।

विक्रम संवत् २०६४ सालमा कृषि तथा सहकारीमन्त्री बनेका विश्वकर्मा २०५१ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य र २०५५ सालमा उपेक्षित, उत्पीडित र दलित वर्गको उत्थान विकास समितिको उपाध्यक्ष बनेका थिए ।

आफूलाई सामाजिक न्याय र समानताको पक्षधर राजनीतिज्ञका रूपमा परिचित गराउन चाहने विश्वकर्माले तत्कालीन मालेबाट राजनीतिक यात्रा शुरू गरेका हुन् । गीत, लेख, रचनामा विशेष रुचि राख्ने विश्वकर्मा २०६४ सालमा समानुपातिक तर्फबाट एमालेको तर्फबाट संविधानसभा सदस्य चयन भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x