×

NMB BANK
NIC ASIA

मधेश प्रदेशका ४ स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

मंसिर १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मधेश प्रदेशमा ८ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब ४ स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नतिजा आउन बाँकी ४ स्थानमध्ये १ स्थानमा नेपाली कांग्रेस, २ स्थानमा माओवादी केन्द्र र १ स्थानमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अगाडि छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ७/७ स्थानमा जितेको छ । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार ५ क्षेत्रमा निर्वाचित भएका छन् । अहिलेसम्म कुनै पनि स्थानमा जीत निकाल्न नसकेको माओवादी केन्द्रका उम्मेदवार २ स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ३, स्वतन्त्रले ३, एकीकृत समाजवादीले २ र जनमत पार्टीले १ स्थानमा जीत निकालेको छ । 


Advertisment
Nabil box
Kumari

एमालेका ७ उम्मेदवार क्रमशः सिरहा क्षेत्र नम्बर १ मा रामशंकर यादव, धनुषा ३ मा जुली महतो (महासेठ), सर्लाही ३ मा हरिप्रसाद उप्रेती, बारा १ मा अच्युतप्रसाद मैनाली, पर्सा ३ मा राजकुमार गुप्ता, सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा लिलानाथ श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नम्बर ३ मा ज्वालाकुमारी साह निर्वाचित भएका छन् ।

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसका उम्मेदवार विभिन्न जिल्लाका ७ स्थानमा निर्वाचित भएका छन् भने परिणाम आउन बाँकी १ स्थानमा अगाडि छ । अहिलेसम्म निर्वाचित हुने कांग्रेस उम्मेदवारमा सप्तरी क्षेत्र नम्बर ३ मा दिनेशकुमार यादव, धनुषा क्षेत्र नम्बर २ मा रामकृष्ण यादव, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, पर्सा ४ मा रमेश रिजाल, सप्तरी ४ मा तेजुलाल चौधरी र महोत्तरी ४ मा महेन्द्रकुमार राय छन् । धनुषा ४ मा सहमहामन्त्री महेन्द्र यादव अगाडि छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार ५ स्थानमा निर्वाचित भएका छन् भने १ स्थानमा अगाडि छन् । जसपाबाट सप्तरी १ मा नबलकिशोर साह, सिरहा ४ मा वीरेन्द्रप्रसाद महतो, पर्सा १ मा प्रदीप यादव, बारा–२ मा रामसहायप्रसाद यादव र सिरहा–२ मा राजकिशोर यादव निर्वाचित भएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा उम्मेदवार दीपक कार्कीले अग्रता कायम गरेका छन् । यहाँ माओवादी केन्द्रका उपमहासचिव मातृका यादव शुरूदेखि नै पछाडि छन् । 

माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले अहिलेसम्म जीत निकालेका छैनन् तर २ क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा महेन्द्र राय यादव र महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा गिरिराजमणि पोखरेल अगाडि छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार ३ क्षेत्रमा निर्वाचित भएका छन् । महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ मा रामप्रकाश चौधरी र महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीका २ उम्मेदवार निर्वाचित भएका छन् । पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ र कृष्णकुमार श्रेष्ठ बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन् ।

जनमत पार्टीले पनि १ स्थानमा जीत निकालेको छ । पार्टी अध्यक्ष डा. सिके राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । ३ क्षेत्रमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा अमरेशकुमार सिंह, रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा किरण कुमार साह र रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभु साह रहेका छन् ।

निर्वाचन आयोगको तथ्यांकअनुसार मधेश प्रदेशका ८ जिल्लामा प्रतिनिधि सभातर्फको ३२ सिटका लागि विभिन्न दलका २९३ र स्वतन्त्र २९७ गरी ५९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x