माघ १४, २०७९
कास्कीको पोखरास्थित सेती खोचमा यती एयरको विमान दुर्घटनामा परी हराइरहेका १ जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको...
काठमाडाैं | मंसिर १०, २०७९
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ ।
प्रत्यक्षतर्फ १६५ मध्ये १ सय ४७ स्थानको नतिजा आइसक्दा समानुपातिकतर्फको मतगणना भने झण्डै आधाआधी मात्र भएको छ ।
बिहान ११ बजेसम्ममा नेकपा एमाले १८ लाख २२ हजार ४४४ मत ल्याएर शीर्ष स्थानमा छ ।
कांग्रेसले १७ लाख ५८ हजार ८६२ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ७ लाख ९१ हजार ५७० मत ल्याएर तेस्रो स्थानमा छ ।
चौथो स्थानमा रहेको माओवादी केन्द्रले ७ लाख ७३ हजार ३३२ र पाँचौं स्थानको राप्रपाले ४ लाख ५ हजार १२७ मत पाएका छन् ।
यी पाँच दलले थ्रेसहोल्ड पार गर्ने पक्का भएको छ । जनता समाजवादी पार्टी जसपा २ लाख १७ हजार ८७३ मत पाएर थ्रेसहोल्डको सीमा नजिक पुग्न लागेको छ भने नेकपा एकीकृत समाजवादीले १ लाख ६५ हजार मत पाएको छ।
नागरिक उन्मुक्ति पार्टीले १ लाख ५९ हजार जनमत पार्टीले १ लाख ४९ हजार मत पाएका छन् । लोसपाले भने एक लाख मत पनि पुर्याउन सकेको छैन ।
कुल मतको ३ प्रतिशत सीमा पार गर्ने दलले मात्र समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउँछन् । त्यसका लागि करीब ३ लाखको हाराहारीमा मत ल्याउनुपर्ने देखिन्छ ।
हेर्नुहोस्, मत :
कास्कीको पोखरास्थित सेती खोचमा यती एयरको विमान दुर्घटनामा परी हराइरहेका १ जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको...
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले श्रममन्त्री समेत रहेका उपसभापति अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय ग...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपतिको निर्वाचन, रवि लामिछानेको नारिकताका सम्बन्धमा सर्वोच्चको आदेशपछिको पर...
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले छिटो राष्ट्रपतिको निर्वाचन गरी अहिले देखिएको संशयको घेरालाई तोड्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै खड्काले दायाँबायाँ नसोची फागुन २८ भित्रै राष्ट्रपत...
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहि...
नागरिकता मुद्दामा दोषी पाइएपछि गृहमन्त्री रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेको छ । पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको शपथ लिएका रविको पद ३२ दिनमै गएको हो । सर्वोच्चका कामु प्रधा...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...