×

NMB BANK
NIC ASIA

यु–१९ क्रिकेटः लुम्बिनी प्रदेशको पहिलो जित, बागमतीको दोस्रो जित

मंसिर १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकाल्दा बागमती प्रदेशले लगातार तेस्रो खेलमा सुखद् नतिजा निकालेको छ । 

Sagarmatha Cement
Muktinath Bank

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले कर्णालीलाई पराजित गर्दै दोस्रो खेलबाट पहिलो जित निकाल्दा मुलपानीमा सम्पन्न अर्को खेलमा बागमतीले प्रदेशले मधेश प्रदेशमाथि १ सय ५२ रनको फराकिलो जित निकालेको हो । कर्णालीले दिएको १ सय १ रनको लक्ष्य लुम्बिनीले २०.५ ओभरमा ४ विकेट गुमाएर १ सय २ रन बनाएर पूरा गरेर जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनीको जितमा आकाश त्रिपाठीले अविजित ५२ रनको अर्धशतकीय इनिङ खेले । कप्तान विशाल विक्रम केसीले १३ तथा प्रज्वल थापाले १० रनको पारी खेले । यस्तै अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन् । 


Advertisment
Nabil box
Kumari

बलिङतर्फ कर्णालीका अनुज चनाराले २ तथा सन्दीप शाही र मोहन बिकले १/१ विकेट लिए । 

Vianet communication
Laxmi Bank

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २२.२ ओभरमा सबै विकेट गुमाएर मात्र १०० रन बनाएको थियो । कर्णालीका लागि कप्तान विपिन रावलले ३६ रन जोडे भने सुवास एयरले २३ रनको पारी खेले । अन्यले ब्याटरले राम्रो खेल्न सकेनन् । कर्णालीको इनिङलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका विशालविक्रम केसीले ४ तथा अविशेक गौतमले २ विकेट लिए । पहिलो जितसँगै लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ । उता कर्णालीले भने लगातार दोस्रो हार व्यहोरेको छ ।

प्रतियोगिताअन्तर्गत मूलपानीमा सम्पन्न खेलमा बागमतीले लगातार तेस्रो जित निकाल्दा मधेश प्रदेशलाई १ सय ५२ रनले पराजित गरेको हो । बागमतीले ४७.३ ओभरमा सबै विकेट गुमाएर दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश २५.५ ओभरमा समेटिएको थियो । मधेशले ६५ रन मात्र बनाउन सक्यो । 

जवाफी ब्याटिङ गरेको मधेश प्रदेशका लागि कप्तान अविशेक तिवारीले १८ रन तथा मयन यादवले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । मधेशको इनिङलाई सस्तैमा समेट्ने क्रममा बागमतीका लागि अहमद राजा एक्लैले ५ तथा अभिशेक कोइरालाले ३ विकेट लिए । प्रतिक श्रेष्ठ र सक्रिय कार्कीले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २ सय १७ रन बनाएको थियो । बागमतीका लागि उत्तम मगर र योगेश भाटले अर्धशतकीय इनिङ खेले । मगरले ९८ बलमा ७१ रन तथा भाटले ४० बलमा ५९ रन बनाएका थिए ।  प्रतिक श्रेष्ठले ३० तथा रोशन विकले १४ रनको इनिङ खेलेका थिए । 

मधेशका लागि राजेश यादवले ४ तथा अविजित मण्डलले ३ विकेट लिएका थिए । रञ्जित कुमारले २ तथा कप्तान अभिशेक तिवारीले १ विकेट लिएका थिए । 

अपराजित बागमती ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । पहिलो खेलमा पहिलो हार व्यहोरेको मधेश प्रदेश भने अंकबिहीन रहँदै तालिकाको पुछारमा रहेको छ ।

प्रतियोगितामा आइतवार पनि दुई खेल हुनेछन् । कीर्तिपुर मैदानमा गण्डकी र सुदूरपश्चिम प्रदेश तथा मूलपानी मैदानमा कर्णाली र मधेश प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x