माघ १९, २०७९
रुसको सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदूरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आज बिहान सवेरै अस्थायी आवासमा आगो सल्किएको र त्य...
काठमाडाैं | मंसिर १०, २०७९
भारतीय विदेशमन्त्री एस जयशङ्करले सन् २००८ मा मुम्बईमा भएको आतङ्कवादी हमलाका दोषीलाई न्यायको कठघरामा ल्याउन प्रतिवद्ध रहेको बताएका छन् । “हामी यस हमलाका दोषीलाई न्यायको कठघरामा उभ्याउने विषयमा दृढ छौं र न्यायको प्रक्रिया पूरा गर्न कटिबद्ध छौं”, उनले भने, “आज मुम्बईमा भएको २६÷११ को आतंकवादी हमला भएको दिन हो । यतिका वर्ष बितिसक्दा पनि योजना बनाउने र त्यसको पालना गर्नेहरूले सजाय पाएका छैनन् । उनीहरूलाई न्यायको कठघरामा ल्याउन सकिएको छैन । यसलाई हामी उच्च महत्व दिन्छौं ।”
सन् २००८ मा लश्कर–ए–तैयबाका १० आतङ्ककारीले मुम्बईमा १२ स्थलमा संयुक्त रूपमा गोली प्रहार र बम आक्रमण गरेका थिए । घटनामा कम्तीमा १६६ जनाको मृत्यु भएको थियो भने ३०० जना घाइते भएका थिए ।
गत महिना भारतले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् (यूएनएससी) को दुई दिने आतङ्कवाद विरोधी बैठक आयोजना गरेको थियो, जुन भारतको आतङ्कवाद विरोधी समिति (सीटीसी) को अध्यक्षतामा थियो ।
बैठकपछि, दिल्लीमा एउटा घोषणापत्र जारी गरिएको थियो जसमा आतङ्कवादीहरूलाई सुरक्षित आश्रय स्थलहरूमा प्रवेश गर्ने अवसरलाई एक महत्वपूर्ण चिन्ताको विषयका रूपमा हेरिएको र सबै सदस्य राष्ट्रहरूले आतङ्कवादविरुद्धको लडाइँमा पूर्ण सहयोग गर्नुपर्ने उल्लेख गरिएको थियो ।
घोषणापत्रमा सबै प्रकारका र अभिव्यक्तिमा आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा रहेको पनि स्वीकार गरिएको छ । यूएनएससीको विशेष बैठकमा जयशंकरले विशेष गरी एशिया र अफ्रिकालगायतका स्थानमा आतङ्कवादका खतरा बढ्दो र विस्तार भइरहेको बताएको थियो ।
रुसको सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदूरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आज बिहान सवेरै अस्थायी आवासमा आगो सल्किएको र त्य...
पाकिस्तानका पूर्व गृहमन्त्री तथा अवामी मुस्लिम लीगका नेता शेख राशिद अहमदलाई इस्लामाबाद प्रहरीले बिहीवार बिहान पक्राउ गरेको छ । अहमदले पूर्व राष्ट्रपति असिफ अली जरदारीका विरुद्ध दिएको बयानका आधारमा उनल...
भारतीय संसदको विपक्षी दल भारतीय कांग्रेसले हंगामा मच्चाउँदा लोकसभा र राज्यसभा बैठक स्थगित भएको छ । वित्तमन्त्री निर्मला सीतारमणले बुधवार आमबजेट २०२३/२४ पेश गरेकी थिइन् । बिहीवार बजेटमाथि छलफल हुनुपर्ने थिय...
बुधबार फेला परेको ‘रेडियोएक्टिभ क्याप्सुल’ हाल न्यूम्यानबाट गाडीमा पर्थतर्फ पठाइएको पश्चिमी अस्ट्रेलिया (डब्ल्यूए) का अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । राज्यको डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी...
फिलिपिन्सका थप चार सैन्य अड्डामा अमेरिकी सैनिकहरूको पहुँच दिलाउने विषयमा अमेरिका र फिलिपिन्सले बिहीवार एउटा सम्झौताको घोषणा गरेका छन् । लामो समयदेखिका यी दुई साझेदारले चीनको सैन्य उदयलाई प्रतिकार ...
यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा नशामा रहेका ई–रिक्सा चालकलाई प्रहरीले समात्न सकेको छैन । भारतको पञ्जाबस्थित अमृतसरको भिडियोलाई गगनदीप सिंहले ट्विटरमा राखेका छन् । प्रहरीस...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...