×

NMB BANK
NIC ASIA

को हुन् फराकिलो मतान्तरले विजयी भएका भीम आचार्य ?

मंसिर १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी  भएका छन् । प्रदेश नं १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्य ३२ हजार आठ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत ल्याए ।

Muktinath Bank

विसं २०५१ यता एमालेबाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहेका भीम आचार्यले यसपटक क्षेत्र नं २ को टिकट लिएका थिए । सुनसरीको इनरुवा-६ (साविक मधेसा गाविस-९)का स्थायी बासिन्दासमेत रहेका आचार्यले विसं २०५१ र २०५६ मा सुनसरी-४ बाट संसदीय यात्रा गर्दा पराजय भोगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०६४ र २०७० मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले विजय हासिल गरे । पहिलोपटक २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि आचार्य एमालेको प्रमुख सचेतक भएर पार्टीमा बलियो भए । दोस्रो संविधानसभामा पुगेपछि सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत भए।


Advertisment
Nabil box
Kumari

त्यसपछि प्रदेश नं १ को मुख्यमन्त्री बन्न चाहेका आचार्य २०७४ सुनसरी–१ प्रदेशसभा २ बाट विजयी भए । तर संसदीय दलको नेताको निर्वाचनमा हार व्यहोरे ।

Vianet communication
Laxmi Bank

 माधवकुमार नेपाल निकट मानिने आचार्य २०७८ भदौमा पार्टी विभाजन हुँदा भने एमालेमै बसेर पार्टी संरक्षणमा लागे । त्यसलगत्तै उनलाई पार्टीले मुख्यमन्त्री बनाएको थियो । 

विसं २०१६ मा धनकुटामा जन्मिएका आचार्य व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् । 

उनी विसं २०३२ देखि विद्यार्थी आन्दोलनमा लागे । विसं २०३९ मा अनेरास्ववियुको नेतृत्व तहमा पुगेर काम गरेका उनी विसं २०४१ मा राजकाज मुद्दामा दुई वर्ष जेल पनि परे । २०४६ को जनआन्दोलनमा उनी नेकपा (माले)को ‘प्रजातान्त्रिक आन्दोलन समन्वय समिति’ सचिवका रूपमा सक्रिय सहभागी भएपछि  पार्टी राजनितिमा उदाएका थिए ।

विसं २०४७ मा एमाले गठन भएपछि उनी सुनसरी जिल्ला कमिटी सचिव भए ।  उनी २०५४ मा पार्टीको केन्द्रीय सदस्य बन्न सफल भए । विसं २०५७ मा पार्टी केन्द्रीय कार्यालय सचिव र २०५८ मा कोसी अञ्चल इन्चार्ज र प्रदेश स्थापना भएपछि प्रदेश १ को इञ्चार्जको जिम्मेवारी पाएका उनी नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिवमा निर्वाचित भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x