चैत ९, २०७९
नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धनलाई खण्डित गर्ने रणनीतिमा एमाले नलाग्ने बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्रलाई लक्ष...
काठमाडाैं | मंसिर १०, २०७९
आइतवार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
निर्वाचन आयोगका अनुसार कूल १६५ निर्वाचन क्षेत्रमध्ये आइतवार बिहानसम्म १५४ वटा सिटको टुंगो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ ।
हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ ।
नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७/७ क्षेत्रमा विजयी भएका छन् । साथै जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा ५ जना स्वतन्त्र उम्मेदवारहरूले जीत हासिल गरेका छन् ।
निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना शुरू हुन सकेको छैन । साथै बाजुरामा शनिवार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको छ ।
हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१, महोत्तरी–१ र रामेछापको नतिजा आउन सकेको छैन ।
दोलखा–१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना शुरू हुन सकेको छैन । राजनीतिक दलहरूबीच सहमति नजुट्दा मतगणना शुरू हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरूबीच मतगणनाका लागि सहमति जुटेको छैन ।
सुनसरी–१ मा भने मतगणना जारी छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई जनता समाजवादी पार्टीका अशोककुमार राईले ११ हजार ९८२ मतसहित पछ्याइरहेका छन् ।
सुनसरी–३ मा एमालेकी भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहेका छन् ।
सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा छन् भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४३३ मतका साथ दोस्रो स्थानमा छन् ।
बाजुराको बूढीनन्दा नगरपालिका–५ मा शनिवार पुनः मतदान भएकाले मतगणनाको काम शुरू हुन सकेको छैन । इलाम–१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन् ।
उदयपुर–१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा छन् भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा छिन् ।
महोत्तरी–१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा छन् भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९५८ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङले ४२ हजार ६६२ मतका साथ अग्रता कायम राखेका छन् भने उनलाई एमालेका कैलाशप्रसाद ढुंगेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धनलाई खण्डित गर्ने रणनीतिमा एमाले नलाग्ने बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्रलाई लक्ष...
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको बैठक बिहीबार दिउँसो बस्दैछ । पछिल्लो समयमा फेरिएको राजनीतिक समीकरणका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशमा माओवादी केन्...
गाउँपालिका महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशनबाट लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष शाही अध्यक्षमा निर्वाचि...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अयोग्य लडाकूलाई रकम दिने भन्ने निर्णय नभएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन्। बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकपछि नेता लेखकले...
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि स...
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत स...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...