×

NMB BANK
NIC ASIA

बागलुङमा बदर मत घट्यो

मंसिर ११, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ ।

Muktinath Bank

गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकामा अहिले मत बदर संख्या कम भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लामा खसेको १ लाख ५ हजार ८४६ मतमध्ये ४ हजार ७८९ मत मात्र बदर भएको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार अझै मत बदर संख्या घटाउने आयोगको तयारी भए पनि नागरिकको राजनीतिप्रतिको वितृष्णा, अशिक्षा र मतदाता शिक्षाको पहुँच नपुग्नुका कारण मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृत डा. भट्टका अनुसार स्थानीय तहमा भएको मत बदरभन्दा अहिलेको मत बदर संख्यामा उल्लेख्य मात्रामा सुधार भएको छ ।

Vianet communication
Laxmi Bank

बागलुङ–१ मा ५४ हजार ७११ र क्षेत्र नम्बर २ मा ५१ हजार १३५ मत खसेको थियो । जिल्लामा मतदाता संख्याको हिसाबले ५३ प्रतिशत मत खस्दा ४ हजार ७८९ मत बदर भएको छ । 

बागलुङको क्षेत्र नम्बर १ मा ५४ हजार ७११ मत खसेकोमा १ हजार ७१४ मत बदर भई ५२ हजार ७८० मत सदर भएको थियो भने बागलुङ क्षेत्र नम्बर २ मा ५१ हजार १३५ मत खस्दा ३ हजार ७५ मत बदर भएर ४८ हजार ६० मत सदर भएको उनले जानकारी दिए ।

‘स्थानीय तहको मत बदर संख्या उल्लेख्य रहेको भन्दै यसपटक निर्वाचन आयोगले वडा तहमा मतदाता शिक्षालाई प्रभावकारी बनाएका कारण मत बदर संख्या घटेको हो,’ उनले भने, ‘स्थानीय तहमा बागलुङमा १० प्रतिशत मत बदर भएको थियो, अहिले ४ प्रतिशत मत बदर घटाएका छौं, मतपत्र सजिलो भएको, मतदाता शिक्षाका कारण बदर मत घटे पनि बदर मतलाई अझै तल झार्नुपर्ने आजको आवश्यकता हो ।’

सानो मतपत्र, चुनाव चिह्न थोरै र एक मतपत्रमा एक मात्रै चिह्न लगाउनुपर्ने भएकाले बदर मत न्यून हुने अनुमान निर्वाचन आयोगको भए पनि बदर मत ४ प्रतिशत भएको हो । स्थानीय तहको तुलनामा थोरै भए पनि अहिलेको राजनीतिक दलको सक्रिय मतदाता शिक्षा, निर्वाचन आयोगले स्थानीय तहसँग मिलेर गरेको मतदाता शिक्षालगायतको सक्रियता हेर्दा मत बदर २ प्रतिशतभन्दा थोरैमा लैजाने लक्ष्य भए पनि सोचेजस्तो नभएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x