माघ १९, २०७९
रेशम चौधरी संयोजकत्वको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा उनलाई बिहीवार बाँकेबाट पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रव...
काठमाडाैं | मंसिर ११, २०७९
मंसिर ४ मा भएको निर्वाचनको मतगणना करीब अन्तिम चरणमा पुगेको छ । कुल १६५ निर्वाचन क्षेत्र अहिलेसम्म १५५ क्षेत्रको नतिजा आएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना गरिरहेको छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय मान्यता पाउँछ वा पाउँदैन भन्नेमा धेरैले चासो व्यक्त गरिरहेका छन् ।
पछिल्लो परिणामअनुसार, समानुपातिकतर्फ आइतवार दिउँसो १ बजेसम्ममा ८४ लाख ८२ हजार ३३३ सदर मतको गणना भइसकेको छ ।
राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि कुल खसेको सदर मतको न्यूनतम ३ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।
निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभा चुनावमा कुल मतदाताको ६१ प्रतिशत मत खसेको भनेको छ ।
त्यसअनुसार, करीब १ करोड ९ लाख मत खसेको मान्न सकिन्छ । तर, खसेका सबै मत सदर हुँदैनन् ।
कुल खसेको मतमध्ये १ करोड मत सदर हुन्छन् भन्ने मान्ने हो भने एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन कम्तीमा ३ लाख मत ल्याउनुपर्ने हुन्छ ।
आयोगको तथ्यांकअनुसार, अब करीब १५ लाख १७ हजार हाराहारीको सदर मत गणना हुन बाँकी छ ।
गन्न बाँकी मतमध्ये एकीकृत समाजवादीले कम्तीमा ७२ हजार मत ल्याउनुपर्छ, जुन त्यति सजिलो देखिँदैन ।
अहिलेसम्मको मत गणनामा एकीकृत समाजवादीले पाएको मतलाई प्रतिशतमा हेर्ने हो भने २.७ प्रतिशत उसको पक्षमा छ ।
यसलाई ३ प्रतिशतमा पुर्याउन गन्न बाँकी मतको करीब ४.५ प्रतिशत मत ल्याउनुपर्छ ।
एकीकृत समाजवादीका आफ्नो उम्मेदवार भएका ठाउँको मतगणना भइसकेको छ । उम्मेदवार नभएको ठाउँबाट एकीकृत समाजवादीलाई प्रत्यक्षमा त्यति धेरै मत आएको देखिँदैन ।
यी सबै तथ्यहरू हेर्दा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय दलको मान्यता पाउन कठिन अवस्था सिर्जना भएको छ ।
रेशम चौधरी संयोजकत्वको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा उनलाई बिहीवार बाँकेबाट पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रव...
बिहीबार काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् । त्यस्तै उनले आजै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल लगाय...
नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाको...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने दाबी गरेका छन् । बिहीवार अपराह्न पार्टी स्थायी कमिटी बैठक सकेर केन्द्रीय कार्याल...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन प्रयास भइरहेको बताएका छन् । उनले ...
गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमन लगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा ब...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...