×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्ने सरकारको तयारी

मंसिर ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार लागिपरेको बताएका छन् । आइतवार पाँचौ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले  समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकारले काम गरिरहेको बताएका हुन् ।

Muktinath Bank

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषको दायरा बढाउँदै कार्यविधिमा छुटेका वस्तुहरु समावेश गरी रोजगारी सिर्जना गरेर सामाजिक सुरक्षा कोषसँग जोड्ने बताए । उनले सामाजिक सुरक्षा कोषमा रहेको एक प्रतिशत करलाई सामाजिक सुरक्षा कोषमा ल्याउने गरी छलफल भइरहेको जानकारी दिए । उनले सामाजिक सुरक्षा कोषमा योगदान गरेको रकम उत्पादन क्षेत्रमा लगानी गर्दा मात्रै मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री कुँवरले कोषले प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रवाह गर्दै कोषले संकलित रकम कुशलतापूर्वक प्रयोग गर्न आवश्यक रहेको बताए । उनले नेपालमा सरकार अस्थिर भएको भन्दै अब स्थिर सरकार बनाउनु आवश्यक रहेको बताए । उनले दुई तिहाईको सरकार हुँदासमेत स्थिर सरकार बनाउन नसकेकाले सबैले स्थिर सरकार बनाउनको लागि गम्भीर हुन आवश्यक रहेको बताए । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंक तथा उद्योगहरु अलमलमा परेको बताए । उनले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन कुनै पनि क्षेत्रहरु अलमलमा पर्न आवश्यक नभएको बताए । उनले अलमलमा परेका बैंकिङ क्षेत्र, रोजगारदाता उद्योग तथा प्रतिष्ठानहरु अलमलमा रहेकाले उद्योग परिसंघ,चेम्बर र वाणिज्य महासंघसँग पनि छलफल गरिरहेको बताए । 

Vianet communication
Laxmi Bank

उनले रोजगारदाताहरुले श्रमिकहरुलाई प्रात्साहन गर्नसके वार्षिक रुपमा ३ प्रतिशतले प्रतिष्ठानकाे नाफा बढ्ने अन्तर्राष्ट्रिय सर्वेक्षणले देखाएको बताए । उनले उद्योगहरूले नाफा कमाउँदै जाने तर श्रमिकको हितमा काम नगर्दा देशको अर्थतन्त्रसमेत विकास हुन नसक्ने दाबी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x