माघ १४, २०७९
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । शनिबार खटेको प्रहरी टोलीले प्रल्हाद कार्कीलाई नियन्त्रणमा लिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त...
काठमाडौं उपत्यकामा शृंखलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ । एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पत्ता लगाएको हो ।
खोजी अभियानमा संलग्न प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकलहरू चोरी हुने गरेको सूचनाका आधारमा अनुसन्धानका लागि खटिएको टोलीले भक्तपुरको राधेराधेबाट एकजनालाई पक्राउ पनि गरेको छ ।
उक्त स्थानको एक पक्राउ पर्नेमा सुपरमार्केटको पार्किङस्थलबाट चोरीको मोटरसाइकलसहित सुर्खेत घर भएका भूपेन्द्रबहादुर बुढा मगर रहेका छन् । उनले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट तीन थान मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेको छ । तीनैवटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । उनले अन्य विभिन्न क्षेत्रबाट पनि मोटरसाइकल चोरी गरेको आशंका रहेकाले थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । शनिबार खटेको प्रहरी टोलीले प्रल्हाद कार्कीलाई नियन्त्रणमा लिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त...
आफ्नै बुवा भोटखोला गाउँपालिका –५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा प्रेमकुमारले लाठी प्रहार गरी...
दाङको घोराही उपमहानगरपालिका –१५ थारु गल्लीबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट, अल्फाजम ट्याब्लेट ७२ पिस र नगद १ लाख २७ हजार ६ सय १० ...
श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ गरेका छन्। भोजपुर अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी&n...
ईसेवाको कर्मचारी भएको भन्दै १६ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले ३३ जना व्यक्तिको मोबाइल वालेट ईसेवामार्फत अनधिकृत पहुँच पुर्याएर बैंक खाताक...
नेपाल प्रहरीमा सरुवासम्बन्धी नयाँ कार्यविधि लागु हुने भएको छ। नयाँ कार्यविधिअनुसार इन्चार्ज जाने प्रहरी अधिकृतले एउटा दर्जामा २ पटक भन्दा धेरै नपाउने व्यवस्था गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोत...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...