×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ महिला शून्य, १ मात्र दलित सदस्य निर्वाचित

मंसिर १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ १ मात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१) बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार निर्वाचित भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले हुम्ला प्रदेश (१) का स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीलाई १ हजार ८५१ मतान्तरले पछि पार्दै विजयी भएका थिए । उनले ६ हजार ४८१ मत ल्याएर निर्वाचित हुँदा शाहीले ४ हजार ६३० मत प्राप्त गरेका थिए । माओवादी केन्द्रबाट उनले प्रत्यक्षमा जिते पनि अन्य दलले दलित प्रतिनिधि उठाएनन् ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेस, एमाले र माओवादीले प्रदेशसभा सदस्यका लागि महिलालाई टिकट दिएनन् । 

Vianet communication
Laxmi Bank

साना दलहरूमा एक मात्र दल नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नम्बर १(२) मा मनकली रामजाली, क्षेत्र नम्बर २(१) मा बिजुकला राना र दैलेख क्षेत्र नम्बर १(२) बाट लक्ष्मीकुमारी सिंहलाई प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षमा उठाएको थियो । निर्वाचनमा रामजालीले ६३, रानाले ३०६ र सिंहले २०२ मत मात्र ल्याएर पराजित भए ।

जित्ने सम्भावना भएका कुनै पनि ठूला दलहरूले प्रत्यक्षमा महिला उम्मेदवार नबनाएको अधिकारकर्मी पवित्रा शाहीले टिप्पणी गरिन् । ‘महिला प्रत्यक्षमा चुनाव लड्न सक्दैनन् जस्तो गरेर टिकटबाट वञ्चित गर्नु संविधान विरोधी कार्य हो,’ शाहीले भनिन्, ‘आगामी दिनमा यसलाई सशक्त मुद्दाका उठाउनुपर्दछ ।’

माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले महिलाहरू प्रत्यक्षमा टिकट लिएर जित्ने क्षमता राख्न सक्छन् भन्ने उदाहरण देशैभरि देखिसकिएको बताइन् । ‘सामान्यतः महिलाले टिकट नपाएका भन्ने चाँहि होइन तर संवैधानिक व्यवस्थाबमोजिम न्यायिक बन्न सकेन,’ उनले भनिन्, ‘कर्णाली प्रदेशसभा सदस्यमा सबै पार्टीले प्रत्यक्षमा महिला उम्मेदवार उठाउने सवालमा निकै ठूलो अन्याय भएको हो ।’

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार एमालेले १ लाख ८३ हजार ९५०, नेपाली कांग्रेसले १ लाख ७० हजार ७५६, नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९, नेकपा एकीकृत समाजवादीले ३५ हजार ८२६, राप्रपाले २५ हजार १८६, नेमकिपाले ८ हजार ९९३ र नेकपा मालेले ३ हजार ९९ समानुपातिक मत प्राप्त गरेका छन् ।

अन्य दलहरूले २ हजारभन्दा कम मत ल्याएका छन् । सबै दलहरू गरेर कर्णाली प्रदेशमा ५ लाख ७६ हजार १६७ समानुपातिक मत प्राप्त गरेको आयोगको तथ्यांकमा उल्लेख गरिएको छ । प्रत्यक्षमा २४ सिट भएको प्रदेशमा सबै पुरुषहरूले जितेर आएका छन् ।

प्रदेश सभामा ४० सदस्य रहने व्यवस्था छ । यसमा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था छ । ४० सदस्यीय प्रदेशसभामा विभिन्न दलहरूबाट ३३ प्रतिशतका हिसाबले १३ महिला प्रदेशसभा सदस्यको कोटा अब त्यही समानुपातिक मत प्राप्त गरेका आधारमा पूर्ति हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x