×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

हरियो मकै निर्यात गर्दै गैँडाकोट

काठमाडाैं | मंसिर १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

शहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चल्तीमा देख्न सकिन्छ । विशेष गरी दिउँसो र साँझको समयमा शहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकैं पोल्ने र खानेहरुको भिड देख्न सकिन्छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

काठमाडौं, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य शहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा उत्पादन हुँदै आएको छ । गैँडाकोटमा बाह्रै महिना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका किसान व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर निर्यात गर्दै आइरहेको गैँडाकोट–६ का किसान तिलकप्रसाद रिजालले बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘यहाँ मकैको उत्पादन राम्रो हुन्छ, मकै मात्रै लगाउँदा तीन बाली उत्पादन हुन्छ साथै यहाँ बाह्रैमहिना मकै फलाउन सकिन्छ’, रिजालले भने, ‘हामीले उत्पादन गरेको मकै खरिद गर्नका लागि काठमाडौँ, पोखरा, बुटवललगायतका सहरबाट व्यापारीहरु आउँछन् ।’

अन्य खेती गर्दा किसानको मेहनत धेरै हुने र उत्पादन कम हुने भएकाले पनि किसानहरू मकै खेतीमा आकर्षित भएका रिजालको भनाइ छ । ‘गैँडाकोटमा बाह्रैमहिना हरियो मकै देख्न सकिन्छ, एउटै समयमा कसैको खेतमा मकैको बिरुवा त कसैका खेतमा फल्न लागेका र कतै पाक्न लागेका मकै देख्न सकिन्छ’, रिजालले भने, ‘हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी किसान मकैतर्फ आकर्षित भएका हौँ ।’


Advertisment
cg elex island
Saurya island

विगत १५ वर्षदेखि बेमौसममा मकै खेती गर्दै आएका रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकै खेती गरेका छन् । ‘एक सिजनमा रु चारदेखि पाँच लाखसम्मको मकै बिक्री गर्दै आएको छु’, रिजालले भने, ‘हिउँदमा लगाइने मकै प्रतिकठ्ठा चार क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।’

खानका लागि स्वादिलो र व्यवसायिकरुपमा राम्रो उत्पादन हुने भएकाले यहाँका किसानले प्रायः हाइब्रिड जातका मकै लगाउने गरेका रिजालले बताए । 

Vianet communication
IME BANK INNEWS

गैँडाकोट–७ का सरस्वती सापकोटा एक बिघा क्षेत्रफलमा लगाएको मकै बिक्री गरी परिवारको खर्च धान्न पुग्ने बताउँछिन् । ‘मकै लगाएर गाईभैँसीलाई खुवाउन पनि भएको छ भने अलिकति बिक्री गरी घरखर्च पनि टरेको छ’, सापकोटाले भनिन् । मकैका लागि अनुकूल हावापानी, सिँचाइको व्यवस्थाले मकै खेतीप्रति किसानको आकर्षण बढेको पाइन्छ । 

खेतमा बर्खे धान काटेर त्यो जमिनमा मकै लगाएको बताउँदै सापकोटाले गैँडाकोटमा पूर्व–पश्चिम राजमार्गबाट दक्षिणी भागमा मकैको उत्पादन राम्रो हुने बताइन् । बर्खे धान रोप्ने ठाउँमा दुईबाली र मकैमात्र लगाउँदा राम्रोसँग तीनबाली उत्पादन गर्न सकिने सापकोटाको भनाइ छ । जाडो महिनामा मकै उत्पादन हुन पाँच महिना लाग्छ’, सापकोटाले भनिन्, ‘जाडो महिना बाहेक अन्य समयमा एक सय दिनमा हरियो मकै खान मिल्ने गरी तयार हुन्छ ।’

गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले नगरपालिकाको ५, ६, ७, ८ र ९ नं वडामा बेमौसमी मकै उत्पादन हुने गरेको बताए । ‘यहाँ खासगरी वडा नम्बर ६, ७ र ९ मा धेरै मकै लगाउने गरिएको छ’, शर्माले भने, ‘५ र ८ नम्बर वडामा पनि मकैको राम्रो उत्पादन हुने गरेको छ ।’ यहाँ उत्पादन भएको मकैले जिल्लाको माग धानेर देशका मुख्य सहरमा निर्यात हुने गरेको शर्माले बताए । 

नगरपालिकाले गैँडाकोटको वडा नं ६, ७ र ९ मा मकै जोन कार्यक्रम सञ्चालन गरेर अघिल्लो आर्थिक वर्षमा रु २३ लाख ८२ हजार अनुदान प्रदान गरिएको शर्माले बताए । ‘हामीले तीनवटा वडामा कृषि समिति निर्माण गर्न लगायौँ, ती वडासमितिबाट एउटा मूलसमिति निर्माण ग¥यौँ’, शर्माले भने, ‘समितिबाट माग भएअनुसार हामीले कृषि औँजार, बीउ र औषधिमा अनुदान प्रदान गरेका छौँ ।’

यहाँको मकैमा अमेरिकन फौजी कीराको प्रकोप बढी देखिने हुँदा नगरपालिकाले फेरोमन ट्याब (अमेरिकन फौजी कीराको पासो), साइलेज बनाउने उपकरण तथा ट्याक्टरलगायतका उपकरण नगरपालिकाले अनुदानमा प्रदान गरेको शर्माको भनाइ छ । 

गैँडाकोटमा हिउँदको समयमा लगाइएका हरियो मकै मात्रै रु तीन करोड बढीको बिक्री हुने गरेको शर्माको भनाइ छ । गैँडाकोटमा बर्खे मकै पाँच हजार तीन सय ३३ हेक्टर क्षेत्रफलमा लगाइने गरेको भए पनि अन्य मौसममा भने कम क्षेत्रफलमा मकै खेती हुने गरेको छ । 

यहाँ ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै उत्पादन हुने भन्दै शर्माले हिउँदे मकैको उत्पादकत्व सात मेट्रिकटन प्रतिहेक्टर रहेको बताए । त्यस्तै एक सय ३३ हेक्टर क्षेत्रफलमा वसन्ते मकै लगाइने गरेकोमा उत्पादकत्व प्रतिहेक्टर छ मेट्रिक टन र बर्खे मकैको उत्पादकत्व पनि छ मेट्रिक टन प्रतिहेक्टर भएको शर्माले बताए । रासस

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १२, २०७९

अर्थ मन्त्री विष्णु पौडेलले भन्सार कार्यालयहरूमा अनधिकृत गतिविधि नगर्न निर्देशन दिएका छन्। आज बिहान भन्सार विभागको कार्यालयमा भन्सारका व्यवसायीहरूसँग छलफल कार्यक्रममा त्यस्ता गतिविधि गर्नेहरूमाथि क...

माघ १४, २०७९

रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ ...

माघ १२, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभामा उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको ब...

माघ १५, २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको ३१० र अंगुर हरियोको १९० रुपैयाँ प्रतिकिलो औसम मूल्य रहेको छ ।  यसैगरी ...

माघ १२, २०७९

अर्बौं रुपैयाँबराबरको वित्तीय अपराध हुने कारोबारलाई नियन्त्रण गर्न नसक्दा नेपाल सम्पत्ति शुद्धीकरणको निगरानी सूची 'ग्रे सूचीमा' पर्ने जोखिम बढेको छ । कालोसूचीमै पर्ने खतरा समेत कायम छ । नेपालमा सम्पत्...

माघ १३, २०७९

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार सम्हालेको ११ माघमा एक महिना पूरा भएको छ । अर्थमन्त्रीको रूपमा पौडेल आएपछि आमनागरिक र निजी क्षेत्रको अपेक्षा एकाएक बढेको थियो । हुन त मन्त्री तथा प्रधानमन्त्रीको...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x