माघ २०, २०७९
बिहीबार काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् । त्यस्तै उनले आजै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल लगाय...
विराटनगर | मंसिर १२, २०७९
निर्वाचनमा जनताको घरदैलोमा जाँदा भावी मुख्यमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्दै भोट माग्ने प्रदेशसभाका हेभीवेट उम्मेदवारहरू पराजित भएका छन् ।
प्रदेश– १ को प्रदेशसभा सदस्यमा उम्मेदवार भएका हेभीवेट उम्मेदवार नै पराजित भएका हुन् । मुख्य ४ दलका करीब एक दर्जन नेता मुख्यमन्त्रीको दाबी गर्दै चुनावी मैदानमा थिए । तर, केही नेताले चुनाव नै जित्न सकेनन् ।
नेपाली कांग्रेसका नेता राजीव कोइराला सुनसरी २ (२)बाट पराजित भए । उनी अघिल्लो संसदमा कांग्रेसबाट संसदीय दलका नेता बनेका थिए ।
उनको मुख्यमन्त्री हुने सपना रोक्दै यस क्षेत्रबाट एमालेका रामप्रसाद मेहता विजयी भएका छन् । मेहताले १८ हजार २०९ मत प्राप्त गरेका छन् भने कोइरालाले १७ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् ।
यस्तै एमालेबाट मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशसभाको उम्मेदवार बनेका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे मोरङ ४ (२)बाट कांग्रेस नेता भीम पराजुलीसँग पराजित भए ।
उनले आफू प्रदेश सांसद हुन मात्र उम्मेदवार नभएको भन्दै प्रचार गरेका थिए । तर, उनलाई विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुलीले दोस्रो बनाए ।
यस्तै मोरङ क्षेत्र नम्बर ४ (१)बाट उम्मेदवार बनेका गुरुराज घिमिरे पनि पराजित भए । बौद्धिक नेताका रूपमा चिनिएका घिमिरेलाई हराउन कांग्रेसभित्रबाटै अन्तर्घात भएको चर्चा छ ।
कांग्रेसभित्रको अन्तर्विरोधका कारण घिमिरे पराजित बनेको कांग्रेस वृत्तमै चर्चा हुन थालेको छ । कांग्रेसका जिल्ला स्तरका एक नेताले भने, ‘उहाँलाई हराउन केही नेताहरू लाग्नुभएको थियो ।’
प्रदेशसभामा दोहोरिने १५ जनाको सपना अधुरै
अघिल्लोपटक प्रदेश सांसद रहेका १५ यसपटक पराजित भएका छन् । नेपाली कांग्रेसका नेता राजीव कोइराला सुनसरी २ (२)बाट पराजित भए ।
एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री जीवन घिमिरे मोरङ ४ (२)बाट कांग्रेस नेता भीम पराजुलीसँग पराजित भए ।
निवर्तमान उपसभामुख सरस्वती पोखरेल सुनसरी ३ (१)बाट पराजित भइन् । उनी अघिल्लोपटक माओवादी केन्द्रबाट समानुपातिक सांसद भएकी थिइन् ।
एमाले नेता अमरबाबु गुरुङ पनि यसपटक पराजित भए । उनी ओखलढुंगाबाट पराजित भएका हुन् ।
सोलुखुम्बु १ बाट उम्मेदवार बनेका एमालेका नेता उत्तमकुमार बस्नेत पराजित भए । प्रदेश १ का यातायात तथा सञ्चार मन्त्री समेत रहेका उपेन्द्रप्रसाद घिमिरेले पनि चुनाव जित्न सकेनन् ।
अघिल्लो चुनावमा एमालेबाट जितेका उनी यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका थिए । उनी मोरङ १ बाट उम्मेदवार थिए ।
माओवादी नेता कुशल लिम्बू पनि मोरङ १(१)बाट पराजित बने । समानुपातिकबाट सांसद बनेकी माओवादी नेत्री कुसुमकुमारी श्रेष्ठका लागि प्रत्यक्षबाट सांसद बन्ने सपना अधुरो नै रह्यो । उनी धनकुटा १ (२)मा उम्मेदवार थिइन् ।
प्रदेश १ का बहालवाला स्वास्थ्यमन्त्री जयराम यादव मोरङ ५ (२)बाट पराजित बने । यस्तै प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरको संसद् यात्रा पनि ५ वर्षका लागि रोकिएको छ । उनी माओवादी केन्द्रका हुन् ।
एमाले नेता तेजमान कन्दङ्बा तेह्रथुम १(१), माओवादी नेता पूर्णप्रसाद राजवंशी झापा ३ (२) र एमालेका वसन्तकुमार बानियाँ झापा ३ (१) बाट पराजित भए ।
अघिल्लो संसदमा एमालेबाट समानुपातिक सांसद बनेकी वसन्तीदेवी यादव यसपटक एमाले छोडेर स्वतन्त्र उठे पनि उनले पनि सफलता प्राप्त गर्न सकिनन् ।
अघिल्लो कार्यकालमा समानुपातिक कोटाबाट सांसद बनेकी नेकपा एसकी नेत्री सरिता थापा पनि यसपटक संखुवासभा १(२) बाट पराजित भइन् ।
बिहीबार काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् । त्यस्तै उनले आजै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल लगाय...
दुवै मिर्गौला फेल भएपछि नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्। मिर्गौला फेल भएर डाइलसिस गराउँदैआएका कटवालको स्वास्थ्यमा थप समस्या देखिएपछि छाउनीस्थित सैनिक अस्पतालको आईसीयूमा उ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री...
नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाको...
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । गृह मन्त्रालयको निमन्त्रणमा आएका उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्...
रेशम चौधरी संयोजकत्वको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा उनलाई बिहीवार बाँकेबाट पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रव...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...