माघ १५, २०७९
पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको आज भएको फाइनलमा खेलाडीमाथि बोतल प्रहार भएको छ । पोखराको रंगशालामा आयोजित उक्त खेलमा आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो । खोँ...
काठमाडाैं | मंसिर १२, २०७९
मेक्सिकोका बक्सिङ खेलाडी कानेलो अल्भारेजले अर्जेन्टिनाका फूटबल सुपरस्टार लियोनल मेसीलाई धम्की दिएका छन् ।
आफ्नो देशको झण्डालाई मेसीले अपमान गरेको भन्दै उनले धम्की दिएका हुन् ।
आइतवार विश्वकप फूटबलको एक खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हराएपछि मेसीले साथी खेलाडीहरूसँग चेन्ज रूममा खुशी मनाउने क्रममा भएको भनिएको घटनाले अल्भारेजको पारो तातेको हो ।
मेसीले गीत गाउँदै जुत्ता खोल्दा भुइँमा रहेको मेक्सिकोको जर्सी वा झण्डालाई लात हानेको जस्तो देखिएको थियो ।
‘मेसीले हाम्रो जर्सी र झण्डाले भुइँ पुछेको देख्नुभयो ?’ अल्भारेजले ट्वीट गर्दै लेखे । ‘मैले उनको सामना गर्नु नपरोस् भनी उनले प्रार्थना गरे हुन्छ । मैले अर्जेन्टिनालाई सम्मान गरे जस्तो उनले पनि मेक्सिकोलाई सम्मान गर्नुपर्छ । म पूरै देशको कुरा गरिरहेको छैन, मेसीले गरेको कामको मात्र आलोचना गरिरहेको छु ।’
अल्भारेजको यो अभिव्यक्तिप्रति अर्जेन्टिना समर्थकहरूले आश्चर्य मानेका छन् ।
‘उनलाई आफूप्रति ध्यान खिच्न मात्र परेको छ किनकि उनको सान्दर्भिकता सकिएको छ,’ एक समर्थकले लेखे, ‘मैले अहिलेसम्म उनको नाम पनि सुनेको थिइनँ ।’
मेक्सिको समर्थकहरूले पनि अल्भारेजको दाबीलाई पत्याएका छैनन् । मेसीले खेल सकिएपछि जुत्ता खोलेको, कसैलाई अपमान नगरेको उनीहरू नै बताइरहेका छन् ।
Canelo had some strong words for Messi after seeing his locker room celebration 👀
— ESPN Ringside (@ESPNRingside) November 28, 2022
(via @canelo, nicolasotamendi30/IG) pic.twitter.com/emRRHK1nGO
पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको आज भएको फाइनलमा खेलाडीमाथि बोतल प्रहार भएको छ । पोखराको रंगशालामा आयोजित उक्त खेलमा आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो । खोँ...
नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रीय सदस्यहरूले नेपाली टी–२० लिगको दौरानमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामा मागेका छन्। क्यानका केन्द्रीय सदस्...
साउदी सुपरकपको सेमीफाइनलमा क्रिस्टियानो रोनाल्डोको अल–नासर क्लब अल–इत्तिहादसँग पराजित भएको छ । उक्त खेलअघि रोनाल्डोलाई अल–इत्तिहादका समर्थकहरूले प्रतिस्पर्धी लियोनल मेसीको नाम उच्चारण...
आगामी कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिकाले आयोजना गर्ने भएको छ। जसमा दक्षिण अमेरिकाका १० टोली र उत्तर, मध्य अमेरिका र क्यारेबियनका छ वटा टोलीहरू सहभागी हुने भएका छन्। इक्वेडरले श...
क्रिकेटर सन्दीप लामिछानेले आफू हरेक पलका लागि आभारी रहेको बताएका छन् । बलात्कार आरोप लागेका सन्दीप हालै शर्तसहित धरौटीमा रिहा भएका थिए । रिहा पछि पहिलो पटक सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया बाहि...
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्र...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...