माघ १४, २०७९
धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय...
काठमाडाैं | मंसिर १२, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छाँयानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर सारुसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सारूसहित उक्त नगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावत र प्राविधिक सहायक उमाकान्त भण्डारीविरुद्ध अख्तियारले सोमवार विशेष अदालतमा सार्वजनिक सम्पत्ति हिनामिना तथा गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ मा उक्त नगरपालिकाबाट सञ्चालित हिउँदे फलफूल बिरुवा स्याउ, दाँते ओखर, च्याउको बिउ तथा जैविक विषादी खरिद वितरण कार्यक्रममा लक्ष्य बमोजिमको बिरुवा नल्याई झुट्ठा बील भरपाई पेश गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको हो ।
हिउँदे फलफूल विरुवालगायतका सामग्री वितरण कार्यक्रममा बिरुवा खरिद गर्दा वास्तविक लागेको रकमभन्दा बढीको झुट्टा बिल र बिरुवा ढुवानीवापत भुक्तानी दिएको भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ । उनीहरूले २ लकः २३ हजार ११० रुपैयाँको झुट्टा बिल, भरपाई बनाई भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ पुर्याएको अभियोगपत्रमा उल्लेख छ ।
त्यसबाहेक अर्को कार्यक्रममा १ लाख ६१ हजार रुपैयाँ हानीनोक्सानी गरेको अभियोगपत्रमा उल्लेख छ ।
पेश्की फर्छ्यौट गराउँदा नगरप्रमुखको अध्यक्षतामा बसेको बैठकको निर्णयानुसार बिरुवा वितरण गर्दा उठेको रकम बिरुवाको ढुवानीमा खर्च गरी सो बाहेक बिरुवा खरिदलगायत बाँकी कामको लागि मात्र नगरपालिकाको बजेटबाट भुक्तानी दिनुपर्नेमा पेश्की फर्छ्यौट गर्दा पेश गरिएको बिरुवा बुझेको भरपाइमा रकम उठाएको देखिँदा–देखिँदै उल्टो नगरपालिकाको तर्फबाट दोहोरो ढुवानी भुक्तानी गरिएको उल्लेख छ ।
धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय...
धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलनगरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो...
श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ गरेका छन्। भोजपुर अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी&n...
दाङको घोराही उपमहानगरपालिका –१५ थारु गल्लीबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट, अल्फाजम ट्याब्लेट ७२ पिस र नगद १ लाख २७ हजार ६ सय १० ...
आफ्नै बुवा भोटखोला गाउँपालिका –५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा प्रेमकुमारले लाठी प्रहार गरी...
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । शनिबार खटेको प्रहरी टोलीले प्रल्हाद कार्कीलाई नियन्त्रणमा लिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...