माघ १६, २०७९
वर्दिया प्रहरीले फरार सूचीका प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार मधुवन नगरपालिका ९ का मानबहादुर बाठालाई आइतबार प्रहरीले पक्...
महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा हातहतियारसहित प्रर्दशनमा उत्रिएकाहरूलाई नियन्त्रणमा नलिई आफूहरू नफर्किने चेतावनी दिएका छन् ।
सो बस्तीमा अनधिकृत रूपमा बनाइएको टहरा हटाउन पुगेका काठमाडौं महानगरपालिकाको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैध रूपमा हातहतियारसमेत प्रहार भएको उल्लेख गर्दै उनले त्यस्ता अपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही नगरी आफूहरू सो क्षेत्रबाट नफर्किने बताएका हुन् ।
अपराधिक गतिविधिमा संलग्न भएकाहरुले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरूलाई नियन्त्रणमा लिने र कानूनबमोजिम कारबाही हुने स्पष्ट पारे ।
सोमवार अपरान्हदेखि सो बस्तीमास्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुंगामुढासमेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित करिव १० जना सुरक्षाकर्मी घाइते भएका छन् ।
यता, स्थानीयले भने आफूहरुलाई कुनै विकल्प नदिई बस्ती हटाउन खोजेको भन्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाणविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका छन् ।
अहिले सो भीडलाई नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले सुरक्षाकर्मीको परिचालनलाई व्यापक बनाएको छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले गत मंसीर ४ गते भित्र अनाधिकृतरुपमा बनाइएको सो बस्तीको टहरा खाली गर्न निर्देशन दिएको थियो । तर, सो निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नु परेको बताइएको छ ।
वर्दिया प्रहरीले फरार सूचीका प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार मधुवन नगरपालिका ९ का मानबहादुर बाठालाई आइतबार प्रहरीले पक्...
आज सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई ठाउँमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी प्रदेश १, मधेस र बागमती प्रदेशमा पनि आंशीक बदली रहने छ । देशभर पश्चिमी वायुको सामान्य ...
कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका –१ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन्...
विराटनगर महानगरपालिका –६ र ११ को सिमानास्थित केशलीया नहरबाट करिब १८ केजी अवैध लागूऔषध गाँजा आइतबार प्रहरीले बरामद गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको चेकिङ टोलीलाई पूर्व...
गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको ...
दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो । यहाँ राखिएको फोहरले मालढुङ्गाका स्थानीयदे...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...