माघ १७, २०७९
बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला यु–२० टोली आज बंगलादेशको ढाका जाँदै छ । सो टोलीको मंगलवार नै बिदाई गरिएको थियो । अखिल नेपाल...
यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशले १ नम्बर प्रदेशलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमवार भएको खेलमा सुदूरपश्चिमले १ नम्बर प्रदेशलाई २१३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।
प्रतियोगितामा लगातार चौथो जीतसँगै सुदूरपश्चिम फाइनल नजिक पुगेको छ । जीतका लागि २६५ रनको विजयी लक्ष्य पछ्याएको १ नम्बर प्रदेश १६.३ ओभरमा ५१ रनमा समेटियो ।
१ नम्बर प्रदेशका भूपाल दङ्गालले ३२ बलमा १० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरका हेमन्त धामीले ५ विकेट लिए भने आकाश चन्दले ३ विकेट लिए । मिलन बोहराले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६४ रन बनायो । सुदूरको लागि कप्तान अनुराग सिंहले सर्वाधिक ८३ रनको योगदान दिए ।
मिलन बोहराले ६४ रन जोडे । दीपक बोहराले ३२, आकाश चन्दले २० तथा विशाल ऐरले १३ रन जोडे । १ नम्बर प्रदेशका अभिनय राजवंशीले ४ विकेट लिए भने आषिश मगर र दीपेश कँडेलले समान २ विकेट लिए ।
बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला यु–२० टोली आज बंगलादेशको ढाका जाँदै छ । सो टोलीको मंगलवार नै बिदाई गरिएको थियो । अखिल नेपाल...
एलआरआई स्कुलले आयोजना गरेको बास्केटबल तथा फुटसल फेस्ट २०७९ को पाचौँ दिनको सेमीफाइनल समीकरण पूरा भएको छ । विद्यालय हाताभित्र आयोजना भइरहेको प्रतियोगितामा बास्केटबलतर्फ १६ र फुटसलतर्फ १० टोलीको सहभागिता...
नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले संस्थाप्रति असन्तुष्टि बढेपछि पदबाट राजीनामा दिएका छन् । मल्लले पोखरामा मङ्गलवार बसेको बोर्ड बैठकमा राजीनामा दिएको क्यानले जनाएको छ । नेपाल टी २० ल...
नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ । आज पत्रकार सम्मेलनमार्फत बैठ...
काभ्रेपलाञ्चोकमा बृहत खेलकुद महोत्सवको तयारी गरिएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा भोलि शुक्रबारदेखि पनौतीस्थित क्षेत्रीय रङ्गशालामा खेलकुद महोत्सव हुनेछ । बु...
नेपाल प्रहरी क्लबले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आज स्वर्ण जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबल...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...