माघ १५, २०७९
रवि लामिछानले नेपाली राहदानी फिर्ता गरेका छन्। निस्क्रिय भएको नागरिकता प्रयोग गरी उनले राहदानी लिएका थिए। आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नागरिकता पुनः प्राप्त गरेपछि अघिल्लो निष्क्रिय ...
डोटीका किसानले उत्पादन गरेको अदुवा बिक्री नभएपछि उनीहरू मर्कामा परेका छन् ।
जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्ट लगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन नसकेको छैन ।
अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष ४ प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण यहाँका किसान मारमा परेका हुन् । गत वर्ष व्यापारीले अदुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले खरिद गरेका थिए ।
यस वर्ष किसान प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्री गर्न बाध्य छन् ।
भारतीय व्यापारी नआउँदा अदुवाले उचित मूल्य पाउन छाडेको बडीकेदार गाउँपालिका–४ रनुकाँडा सुनौलो किरण कृषक समूहका अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताए । गत वर्ष आफूले ५० हजार रुपैयाँ हात पारेको तर यस वर्ष २५ हजारको पनि अदुवा बिक्री गर्न नसकेको जानकारी दिए ।
सरकारको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत जिल्लाको मुख्य नगदे बालीका रूपमा स्थापित अदुवा खेतीको प्रवद्र्धन गर्दै आए पनि नेपालमा प्रशोधन केन्द्र नहुँदा भारतीय व्यापारीको भर पर्नुपर्ने बाध्यता रहेको बताए ।
किसानका समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि पहल गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउँदले बताए । किसानले उत्पादन गरेको अदुवाको बजारीकरणका लागि सहजीकरण गर्न पालिका सरकार लागि परेको उनको भनाइ छ ।
सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाको मुख्य नगदे बालीका रूपमा स्थापित अदुवा खेतीेको प्रवद्र्धन गर्दै आएको छ ।
रवि लामिछानले नेपाली राहदानी फिर्ता गरेका छन्। निस्क्रिय भएको नागरिकता प्रयोग गरी उनले राहदानी लिएका थिए। आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नागरिकता पुनः प्राप्त गरेपछि अघिल्लो निष्क्रिय ...
कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका –१ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन्...
गुल्मीमा आफ्नै घरभित्र एक महिलाको मृत अवस्थामा फेला परेकी छन् । मुसिकोट नगरपालिका–७ वामीकी ५७ वर्षीया गंगादेवी शेरचनको शव उनकै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्...
बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरिएको ‘मिनी ग्रेटवाल’ को हालसम्म एक हजार तीन सय मिटर दूरी निर्माण कार्य सम्पन्न भएको छ । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण &...
वर्दिया प्रहरीले फरार सूचीका प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार मधुवन नगरपालिका ९ का मानबहादुर बाठालाई आइतबार प्रहरीले पक्...
संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आएकी छन् । दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी राजदूतावासल...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...