माघ १९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...
नेकपा एमाले विभिन्न विषय समेटिएको १० बुँदे ध्यानाकर्षण पत्र बोकेर निर्वाचन आयोग पुगेको छ । सोमबार एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आयोगलाई समसामयिक विषयमा ध्यानाकर्षण गराएको हो ।
विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा मतदानका क्रममा अनियमितता तथा बुथ कब्जा भएको भन्दै एमालेले ती क्षेत्रमा पुनः मतदान गराउन आयोगको ध्यानाकर्षण गराएको छ ।
एमालेको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुलाई भेटी सुनसरी–४ को मतगणना तत्काल अघि बढाउन पनि आग्रह गरेको पनि छ ।
यस्तो छ १० बुँदे ध्यानाकर्षण–पत्र
श्री निर्वाचन आयोग
कान्तिपथ, काठमाडौ“ ।
विषयः अनियमितता र बुथ कब्जा भएको स्थानमा पुनः मतदान गर्ने सम्बन्धमा ।
१. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा २०७९ मङ्सिर ४ गते बाजुरा, स्याङ्जा र दोलखा जिल्लामा बुथ कब्जा भएको सम्बन्धमा सोही दिनमा नै नेकपा
(एमाले)का उम्मेदवारहरुले निर्वाचन अधिकृत तथा निर्वाचन आयोगसमक्ष पुनः मतदानका लागि निवेदन दिएका थिए । आयोगबाट समेत प्रारम्भिक रुपमा निवेदनमा उल्लेख भएको स्थानमा बुथ कब्जा र अनियमितता भएको भन्ने प्रारम्भिक तथ्यबाट देखिएको हुँदा नै आयोगबाट कर्मचारी खटाई स्थलगत प्रतिवेदन प्राप्त गर्नेक्रममा रहेको स्पष्ट देखिन्छ ।
२. यसक्रममा आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदानको आदेश भएको रहेछ । हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएको स्थानहरु कालिञ्चोक १ नं बेगुम्पा मतदान केन्द्र क र ख, शैलुङ्ग गाउँपालिका वडा नं २ भुसाफेदा नविन मावि मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्दछ ।
३. यसरी नै स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं ३ दिसिङ्गकोट आधारभुत मावि कमेरे, वडा नं ४ को राम मन्दिर मा.वि. दार्सिङ्ग नरसेवा र ऐ को वडा नं ५ जनसक्रिय आधारभुत विद्यालय चिठ्ठी पोखरी र दिनदयालु आधारभुत विद्यालय साटीमुरेका सबै मतदान केन्द्रमा बुथकव्जा भएको, मृत्यु भएका र विदेशमा रहेका मतदाताको नामबाट मतदान भएको कारण स्वतन्त्र, निस्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्दछ ।
४. यसरी नै बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ को त्रिभुवनेश्वरी मा.वि. मतदान केन्द्र, ऐ को वडा नं ३ को मष्टेश्वरी आधारभुत विद्यालय, ऐ वडा नं ७ को नाटेश्वरी आधारभुत विद्यालय, ऐ वडा नं ८ को नवदुर्गा आधारभुत विद्यालय, खप्तडछेडा गाउँपालिका वडा नं २ को मालिका मा.वि. मतदान केन्द्र, ऐ वडा नं ४ को खापरदेवस्थली मा.वि., बुढीगंगा नगरपालिका वडा नं ७ शारदा मा.वि. मतदान केन्द्र, ऐको वडा नं ४ थमा मा.वि मतदान केन्द्र, ऐ वडा नं ८ को गिरिखेल्ने आधारभुत विद्यालय मतदान केन्द्र, बुढीनन्दा नगरपालिका वडा नं ५ को नन्देश्वरी मतदान केन्द्र, ऐ को वडा नं. ७ को घटाल आधारभुत विद्यालय, ऐ को वडा नं ९ को हिमाली आधारभुत विद्यालय र हिमाली गाउँपालिका वडा नं ५ को बागेश्वरी आधारभुत विद्यालय र ऐ को वडा नं ६ को बढीमालिका मा.वि. मतदान केन्द्रमा बुथ कब्जा गरेको, एमालेका प्रतिनिधिलाई कुटपिट गरी हटाएको र विपक्षी उम्मेदवारका प्रतिनिधिले फर्जी मतदान गरेको सम्बन्धमा बाजुरा जिल्लाका उम्मेदवारले निर्वाचन अधिकृतसमक्षमा तत्काल निवेदन गरेको र ती स्थानमा स्वतन्त्र, निस्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्दछ ।
५. उदयपुर क्षेत्र नं. १ मा कतिपय मतदान केन्द्रमा अतिरिक्त मतपत्र गणनाका क्रममा फेला परेको र गणनाअघि भन्दा शंकास्पद अवस्थामा मतपेटिका फेला परेकोले ती स्थानमा समेत पुनः मतदानको व्यवस्था गरियोस् ।
६. सुनसरी–४ को मतगणना क्रममा बहालवाला मन्त्री (उम्मेदवार) को दवावमा स्थगित मतगणना स्थगित गरिएको छ । मतगणना पुनः सुरु गरियोस् ।
७. धनुषा क्षेत्र नं. २ मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएकोले त्यसमा पुनः मत गणना गरिनुपर्ने ।
८. काभे्र जिल्ला निर्वाचन क्षेत्र नं. १ को ख मा प्रदेशसभाको मतगणना गर्दा सदर हुनुपर्ने मतलाई गणना नगरिएको हुँदा पुनः मत गणना गरिनुपर्ने ।
९. निर्वाचनमा मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्दछ । एउटाको मत अर्को व्यक्तिले आफुखुशी खसाउने, मृत्यु भएका, विदेशमा रहेका र निर्वाचनमा जिल्ला बाहिर खटिएको व्यक्तिले मतदान गरेको वा बुथ कब्जा भएको अवस्थामा पुनः शान्ती सुरक्षाको व्यवस्था मिलाई मतदान गर्नु÷गराउनु निर्वाचन आयोगको कर्तव्य हो । निर्वाचन आयोगले आफ्नो कर्तव्यबाट च्युत भई सत्ता गठबन्धनको उम्मेदवारको पक्षपोषण नगरी पुनः मतदानको आदेश गर्न र तदअनुरुप नै मतदान सम्पन्न गराउन अनुरोध गर्दछौं ।
१०. यसरी नै मतगणनामा निर्वाचन क्षेत्र अनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने, निर्वाचित भएको व्यक्तिलाई कसैलाई प्रमाणपत्र तत्काल लिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानून प्रतिकुल छ । नेकपा (एमाले)का उम्मेदवार बसन्त नेम्वाङलाई पाँचथरमा निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा लागेको छ भन्ने आशंका सिर्जना भएको छ । यसैले निर्वाचित प्रमाण–पत्र दिन आग्रह गर्दछौ । यसरी नै प्रत्यक्षतर्फ र समानुपातिकमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिकतर्फको मतहरु यस दललाई उपलब्ध गराई कूल योगफल मिले÷नमिलेको हेर्न सकिने गरी पारदर्शिता अपनाउने व्यवस्था मिलाउनुहुन अनुरोध छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...
पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछिको विकसित घटनाक्रमबारे टुंगोमा पुग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकस परेको छ । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद खारेज भए पनि पुनः गृहमन्त्री बन्न पाउनुपर्न...
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
कांग्रेस नेता गुरु घिमिरेले छानबिन चलिरहेको भन्दै पदप्रतिको आशक्ति नदेखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुझाव दिएका छन्। सामाजिक सञ्जालमा घिमिरेले नागरिकताको विवादपछि सांस...
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने तयारी गरेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार अपराह्न ४ बजेका ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...