माघ १९, २०७९
गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमनलगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक डेढ घण्टादेखि जारी छ । पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बार...
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको छ ।
भर्खरै सम्पन्न भएको निर्वाचनमा २५ विद्यालय, एउटा विद्यालय बस र चार शिक्षक प्रयोग भएको बालसंरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले जनाएको छ ।
नयाँ बानेश्वमा आज आयोजित पत्रकार सम्मेलनमा कूल दुई सय १६ घटनामध्ये प्रचारप्रसार तथा ¥यालीमा एक सय ४४, घरदैलोमा १२, आमसभामा १८, प्रचारप्रसार सामाग्रीमा १३ र कलाकारका रूपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको सिजपले जानकारी दिएको हो ।
सिजपका अनुसार आइतबार सम्पन्न भएको निर्वाचनमा सबैभन्दा बढी लोकतान्त्रिक बाम गठबन्धन दलहरूबाट बालबालिका प्रयोग भएका छन् । तीमध्ये बाम गठबन्धन दलहरूबाट १८, नेकपा (एमाले) बाट ७१, अन्य सात दलबाट ३४ र स्वतन्त्र उम्मेदवारबाट १३ घटनामा बालबालिकाको प्रयोग भएको सिजपले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दलगत रूपमा हेर्दा नेपाली कांग्रेसले २२, नेकपा (माओवादी केन्द्र) ले १३, नेकपा (एकीकृत समाजवादी)ले आठ, लोकतान्त्रिक समाजवादी पार्टीले तीन, लोकतान्त्रिक वाम–गठबन्धन दलहरूले ५२, नेकपा एमालेले ७१ घटनामा बालबालिकालाई प्रयोग गरेको देखिन्छ ।
एमाले, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको गठबन्धनबाट नौ घटनामा बालबालिका प्रयोग भएका सिजपले उल्लेख गरेको छ । राप्रपाले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, स्वतन्त्र उम्मेदवारहरूले १३, जसपाले तीन र विवेकशील साझा पार्टी, नेपाल सुशासन पार्टी र जनमत पार्टीले एक÷एक घटनामा बालबालिका प्रयोग गरिएको पाइएको छ । लोकतान्त्रिक वाम–गठबन्धनले १५ र नेकपा एमालेले १० घटनामा विद्यालयको प्रयोग गरेको पाइएको छ ।
गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमनलगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक डेढ घण्टादेखि जारी छ । पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बार...
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछिको विकसित घटनाक्रमबारे टुंगोमा पुग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकस परेको छ । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद खारेज भए पनि पुनः गृहमन्त्री बन्न पाउनुपर्न...
राप्रपाले डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै ...
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...