माघ १९, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेर बहादुर देउवा नेतृत्वको सरकारलाई नालायक सरकारको संज्ञा दिएका छन् । डेढ वर्ष एउटा नालायक सरकार बन्दा अर्थतन्त्र ध्वस्त नै भएको ओलीले आरोप लगाएका छन्। विर...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले कारागार अनुगमन प्रतिवेदन पेस गरेका छन् ।
प्रदेशभित्रका हिरासत थुनुवा कक्ष तथा कारागारमा रहेका थुनुवा तथा कैदीउपर मानवोचित व्यवहार भए नभएको सम्बन्धमा निरीक्षण गरी सोसम्बन्धी प्रतिवेदन तयार गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव प्रदान गर्ने व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ता बास्तोलासहितको समूहले कारागार अनुगमन गरेको थियो ।
विभिन्न जिल्लास्थित हिरासत कक्ष र कारागार अनुगमन गरी त्यहाँको भौतिक संरचना, थुनुवा तथा कैदीबन्दीहरूको सङ्ख्या, स्थिति, स्रोत साधनको उपलब्धता तथा अन्य समस्याका बारेमा छलफल गरी प्रतिवेदन तयार पारिएको बास्तोलाले बताए ।
अघिल्लो वर्ष उक्त कार्यालयले गोरखा, बागलुङ र कास्की जिलाका हिरासत तथा कारागार अनुगमनको प्रतिवेदन बुझाएको थियो । चालु आवमा तनहुँ, लमजुङ, म्याग्दी र मुस्ताङ जिल्लाका हिरासत तथा कारागार र कास्कीको सराङकोटस्थित बाल सुधारगृह निरीक्षणको प्रतिवेदन बुझाइएको हो ।
कारागारहरूमा साँघुरो संरचनामा धेरै कैदीबन्दी राखिएको, स्वास्थ्यकर्मीको पदपूर्ति नगरिएको, आवतजावतका लागि गाडी अभाव रहेको प्रतिवेदनमा उल्लेख छ । अदालती प्रक्रियाका बारेमा कैदीबन्दीको अलि बढी गुनासो छ ।
मनोरञ्जनका लागि कुनै व्यवस्था नरहेको, पुस्तकालयमा पत्रपत्रिका र पुस्तक उपलब्ध नरहेको, शौचालय पर्याप्त नहुनाका साथै कमजोर सरसफाइ रहेको प्रतिवेदनमा उल्लेख छ ।
समयानुकूल सिदाखर्च नपाएको, कैदीबन्दीलाई मुढा बुन्नेबाहेक अन्य सीपमूलक तालिमको उचित व्यवस्था नभएको गुनासो आएको मुख्य न्यायाधिवक्ता बास्तोलाले बताए ।
मुख्यमन्त्री पोखरेलले मेहनतका साथ कारागार अनुगमन गरी प्रतिवेदन बुझाइएको बताउँदै देखिएका समस्या समाधानमा प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए । रासस
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेर बहादुर देउवा नेतृत्वको सरकारलाई नालायक सरकारको संज्ञा दिएका छन् । डेढ वर्ष एउटा नालायक सरकार बन्दा अर्थतन्त्र ध्वस्त नै भएको ओलीले आरोप लगाएका छन्। विर...
नेपाल प्रहरीका ५३ एसपी र ११६ जना डीएसपीको आज सरुवा भएको छ। माघ महिनाको तलबभत्ता सरुवा भएको दरबन्दी पाउनेगरी आज प्रहरी प्रधान कार्यालयले उनीहरूको सरुवा गरेको हो। एसपी सरुवा सूची
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा आज दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्ड...
सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षणमा बोलाएको छ। नेपाल-नामिबिया र स्कटल्याण्ड सम्मिलित ट्राइ सिरिजका लागि आज उनको नाम पनि बन्द प्रशिक्षणका लागि परेको हो। उनीहरू बिहीब...
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर उदयपुरगढी गाउँपालिका-२ घर भई टोखा नगरपलिका-३ बस्ने ४४ वर्षीय रवि थापा म...
मोरङको सुन्दरहरैँचा नगरपालिका– १० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत एक महिना अगाडि वन कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन। व...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...