माघ १९, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेर बहादुर देउवा नेतृत्वको सरकारलाई नालायक सरकारको संज्ञा दिएका छन् । डेढ वर्ष एउटा नालायक सरकार बन्दा अर्थतन्त्र ध्वस्त नै भएको ओलीले आरोप लगाएका छन्। विर...
मुस्ताङबाट यस वर्ष ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।
मुस्ताङमा उत्पादन भएको ६ हजार ६०० मेट्रिकमध्ये ७० प्रतिशत अथवा ४ हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत भदौमा प्रतिकिलो १०० रुपैयाँका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मंसिरको पहिलो साता आइपुग्दा प्रतिकिलो १२० देखि १३० सम्म भएको छ । सरदर प्रतिकिलो ११० रुपैयाँका दरले स्याउ बिक्री भएको कृषकहरुले बताएका छन् ।
यस अनुसार निकासी भएको स्याउको मूल्य ५० करोड ८२ लाख हुन आउँछ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षका तुलनामा यसपालि १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको जानकारी दिए ।
‘बगैंचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो,’ उनले भने, ‘अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ विरुवा थपिएकाले उत्पादन बढेको हो ।’
कूल ५८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ ।
जिल्लाको ५ वटै स्थानीय तहमा १ हजार ४७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११.३७ मेट्रिकटन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए ।
यसैगरी जिल्लामा कूल स्याउ उत्पादनमध्ये यसवर्ष ४४० मेट्रिकटन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । जिल्लामा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको छ । तीमध्ये २२ हेक्टरका बगैंचाले उत्पादन दिइरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेर बहादुर देउवा नेतृत्वको सरकारलाई नालायक सरकारको संज्ञा दिएका छन् । डेढ वर्ष एउटा नालायक सरकार बन्दा अर्थतन्त्र ध्वस्त नै भएको ओलीले आरोप लगाएका छन्। विर...
काभ्रेमा बसको ठक्करले ८ वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बस जलाइदिएका छन्। आज दिउँसो बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध नगरपालिका-७ स्थित २० किलो,भकुण्डेवेशीमा बालिकाला...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो । ...
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा आज दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्ड...
अर्थ मन्त्रालयले सहसचिवहरुको कार्यविभाजन गरेको छ। मन्त्रालयले बिहीबार कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको छ। जसअनुसार श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशा...
सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षणमा बोलाएको छ। नेपाल-नामिबिया र स्कटल्याण्ड सम्मिलित ट्राइ सिरिजका लागि आज उनको नाम पनि बन्द प्रशिक्षणका लागि परेको हो। उनीहरू बिहीब...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...