माघ १९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन् ।
यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा नौ यसअघिकै दोहोरिएका हुन् ।
महोत्तरी–३ प्रतिनिधिसभामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, महोत्तरी–२ बाट लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी निर्वाचित भएका छन् । उनीहरु दुवै यसअघि २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित थिए ।
त्यसैगरी जिल्लाका आठ प्रदेशसभा क्षेत्रमध्ये सातवटामा यसअघिकै प्रदेशसभा सदस्य यसपालि दोहोरिएर निर्वाचित भएका छन्। यसमा महोत्तरी–१(१) र (२) बाट क्रमशः नेकपा (एमाले) नेतृ शारदा थापा र नेकपा (माओवादी केन्द्र)का भरतप्रसाद साह छन् । यसरी नै महोत्तरी–२ (१) र (२) बाट जयनुल राइन र सुरिता साह निर्वाचित भएका छन् । उनीहरु दुईमध्ये राइन लोसपाबाट र साह यसपालि लोसपाबाट अवसर नपाएपछि स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गरेर विजयी बनेका हुन् ।
जिल्लाको महोत्तरी–३(१) र (२) बाट पनि प्रदेशसभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी बनेका छन् । उनीहरु दुवै सोही क्षेत्रबाट यसअघि प्रदेशसभा सदस्य थिए । यसरी नै महोत्तरी–४ (२) का निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा पनि यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
महोत्तरीे–१ बाट भने प्रतिनिधिसभामा एमाले नेता लक्ष्मी महतो कोइरी निर्वाचित हुनुका साथै महोत्तरी–४ बाट कांग्रेस नेता महेन्द्रकुमार राय निर्वाचित भएका छन् । प्रदेशसभातर्फ महोत्तरी–४ (१) बाट निर्वाचित एमाले केन्द्रीय सदस्य सरोजकुमार यादव भने प्रदेशसभामा नयाँ अनुहार हुन् । विसं २०७४ मा महोत्तरी–४ (२) प्रदेशसभा क्षेत्रमा पराजित भएका यादव यसपालि क्षेत्र परिवर्तन गरेर महोत्तरी–४(१) बाट निर्वाचित भएका हुन् ।
महोत्तरी–१ र महोत्तरी–४ बाट क्रमशः गिरिराजमणि पोखरेल र डा सुरेन्द्रकुमार यादव र प्रदेशसभातर्फ महोत्तरी–४(१) बाट कौशलकुमार राय निर्वाचनमा पराजित भए । रासस
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...
बाँकेबाट बिहीबार पक्राउ परेका कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई हवाईजहाजबाट धनगढी ल्याइएको छ । नेपालगन्जबाट जहाजमै काठमाडौं लगिएका उनलाई त्यहाँबाट श्रीएयरलाइन्सको जहाजमा धनगढी ल्य...
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई प्रहरीले आज शुक्रबार अदालतमा उपस्थित गराउने भएको छ । ट्र्याक्टरमा आगजनीको मुद्दामा १२ वर्ष अगाडि दोषी ठहर देखिएका प्रतिनिधिस...
सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ। हिजो बिहीबार अपरान्ह बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मन्तव्यसँगै सकिएको बैठक आज पुनः बस्न लागेको हो । आजको बैठकमा...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...