×

NMB BANK
NIC ASIA

रोगले सखाप भए सुन्तलाका बोट, किसानहरू तरकारी खेती गर्दै

मंसिर १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लाखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयले कार्यक्रमसमेत सञ्चालन गरेको थियो । तर, अहिले रोगका कारण यहाँ सुन्तलाका बोट मरेर सखाप भएका छन् । बर्सेनि उत्पादनमा ह्रास आएको छ । 

Muktinath Bank

तामिन क्षेत्रभित्र ८० बिघा क्षेत्रफलमा लगाइएको सुन्तलाका बोट मर्दै गएर १० बिघामा मात्रै बाँकी छ । तामिन कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर नेपालका अनुसार यहाँ ७० प्रतिशत सुन्तलाका बोट मरेर सखाप भएका छन् । उनले २०७५ सालदेखि सुन्तलाको बोटमा रोग देखा पर्न थालेको बताए । २०५० सालदेखि यहाँका किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विसं २०५७ देखि व्यावसायिकरूपमा सुन्तला बिक्री गर्न थालेका हौँ’, उनले भने, ‘२०७५ सालसम्म उत्पादन र आम्दानी बढेको थियो, त्यसपछि क्रमशः बोट मर्न थाले ।’ एउटा याममै रु १२ लाखको सुन्तला बेचेका नेपाल आफ्नो बारीमा अहिले एउटा पनि बोट नरहेको बताउँछन् । तामिनमा अब दुई सुन्तलाका बगैँचा मात्रै बाँकी छन् । अन्य सबै सखाप भए । 


Advertisment
Nabil box
Kumari

बोटमा टुप्पा सुक्ने र फेद कुहिने समस्या छ । एक हजार मिटरभन्दा तलको जमिनमा रहेका सुन्तलाको बोटमा यस्तो समस्या छ । तामिन सहकारीमा आवद्ध तामिन, ठङराङ, साठीमुरे, नेपेडाँडा, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका थिए । अहिले नेपेडाँडा र ठङराङका बगँैचामा मात्रै सुन्तलाका बोट बाँकी रहेको नेपालले बताए ।

Vianet communication
Laxmi Bank

कृषि ज्ञान केन्द्रले अनुदानमा दिएको सुन्तलाको बेर्नामा पनि ठूलो बोटमा जस्तै रोग देखापरेपछि यहाँका किसानले नयाँ बोट लगाउन छाडेका छन् । तामिनका कृषक रामप्रसाद बोहोराले सुन्तलाको बोटमा लागेको रोगका कारण किसान चिन्तित बनेको बताए । 

सुन्तला मासेर तरकारी खेती

तमिनका किसानले रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्न थालेका छन् । किसानले मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर बेच्न थालेको स्थानीय विश्वप्रकाश नेपालले बताए । करिब ५० किसानले व्यावसायिक सुन्तला खेती गर्ने गरेकामा सबैले तरकारी लगाउन थालेको उनले जानकारी दिए । 

तरकारीको पकेट क्षेत्रसमेत सञ्चालन भएको उल्लेख गर्दै उनले कृषि ज्ञान केन्द्रबाट बीउ र कृषि औजारसमेत सहयोग प्राप्त भएको बताए । यहाँ किसानले टमाटर, काँक्रो, करेला, सिमी व्यावसायिकरूपमा लगाएका छन् । साउनदेखि मङ्सिरसम्म यहाँ तरकारी उत्पादन राम्रो हुन्छ । दैनिक ३० देखि ५० क्विन्टल तरकारी बजार पठाउने गरेको नेपालले बताए । उनका अनुसार तामिनमा उत्पादन भएको तरकारी सिधैँ मुग्लिन बजारमा लगेर बिक्री गर्ने गरिएको छ ।

फाइदा र सजिलो सुन्तला खेतीमै थियो । फल्न थालेपछि सुन्तलामा लगानी कम पर्छ । तरकारीको तुलनामा मेहेनत पनि कम हुन्छ । तरकारीमा प्रतिस्पर्धा धेरै छ । जोखिम बढी छ । तरकारीको तुलनामा फलफूलको उत्पादन र व्यापार स्थायित्व छ  । उनले तामिनमा सिँचाइका लागि पानीको व्यवस्थापन हुन नसकेको बताए । ‘पानीका स्रोत छन्, तर किसानका बारीसम्म लैजाने व्यवस्था गर्न सकिएको छैन’, उनले भने ।

इच्छाकामना गाउँपालिकाका निवर्तमान कृषि अधिकृत आनन्दराज घिमिरेले तामिनमा किसानले सुन्तलाको व्यवस्थापनको पक्षमा ध्यान नदिँदा समस्या आएको बताए । उनले सुन्तलाको गोडमेल, काँटछाँट र मलजलमा ध्यान दिनुपर्ने भन्दै सुन्तलाको बोटको टुप्पा सुक्ने समस्या देशभर रहेको बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x