माघ १९, २०७९
एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा...
बुटवल | मंसिर १४, २०७९
भौतिक पूर्वाधार बिना काम चलाउ सरकारले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न हतारिएको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन् । सेवा प्रवाह गर्ने संरचनाबिना सरकारले राजधानी सार्न खोजेपछि कर्मचारीहरू बिरोधमा उत्रिएका हुन् ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले बुधवार प्रमुख सचिवमार्फत मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल आफूहरू दाङ गएर सेवा प्रवाह गर्न नसक्ने जनाए । उनीहरूले त्यसबाट उत्पन्न परिणामको जिम्मेवार प्रदेश सरकार रहने चेतावनीसमेत दिए । प्रदेश सरकारले चुनावको मौका पारेर हतार–हतारमा मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठनका प्रदेश अध्यक्ष खगराज उपाध्यायले प्रदेश राजधानी तोकिएको २ वर्षसम्म भौतिक पूर्वाधार बन्न नसक्नु दुःखद भएको बताउँदै सरकारले अहिले हतारमा राजधानी सार्न खोजेको बताए ।
‘स्थायी संरचनाहरू बनेपछि सार्ने कुरामा हाम्रो विमति हुन सक्दैन, तर पूर्वाधार तयार नहुँदै यसरी हतार गर्नुका पछाडि अब बन्ने प्रदेश सरकारलाई अप्ठ्यारो पार्ने गलत नियत लुकेको प्रष्ट छ’, नेपाल निजामती कर्मचारी युनियनमा प्रदेश उपाध्यक्ष मदन गौतमले भने, ‘भर्खर चुनाव सकिँदैछ, अब यसपछि बन्ने सरकारले सोच्ने विषयमा कामचलाउ र म्याद सकिएको सरकारले हतार गर्नु अनुचित हो ।’
बुटवलमा समेत कर्मचारी काम गर्न अनिच्छुक भएको अवस्थामा स्थायी राजधानी देउखुरी उपत्यकामा बस्ने व्यवस्था नभएकाले पूर्वाधार बनाएर मात्रै कार्यालय सार्न कर्मचारीहरूले सुझाव दिने गरेका छन् ।
यस विषयमा राजनीतिक सहमति पनि हुनुपर्ने कर्मचारीले बताएका छन् । यसअघि पनि ग्रामीण तथा पर्यटन मन्त्रालय स्थापना गरे पनि कर्मचारी जान नमानेपछि बुटवलबाटै काम हुँदै आएको छ । यसअघि गृहमन्त्री बालकृष्ण खाणले हतारमा मन्त्रालयहरू सार्ने काम भए बाटैबाट खोसेर ल्याउने अभिव्यक्ति दिएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा...
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक स्थायित्व र सरकार सञ्चालनमा प्रमुख राजनीतिक दलबीच सहमतिको विकल्प नभएको बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट ग...
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
बाँकेबाट बिहीबार पक्राउ परेका कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई हवाईजहाजबाट धनगढी ल्याइएको छ । नेपालगन्जबाट जहाजमै काठमाडौं लगिएका उनलाई त्यहाँबाट श्रीएयरलाइन्सको जहाजमा धनगढी ल्य...
पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछिको विकसित घटनाक्रमबारे टुंगोमा पुग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकस परेको छ । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद खारेज भए पनि पुनः गृहमन्त्री बन्न पाउनुपर्न...
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...