×

NMB BANK
NIC ASIA

चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार

मंसिर १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरोकारवाला निकायका केही असहमति भए चालु पुँजी कर्जासम्बन्धी नीति संसोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका हुन् । 

Muktinath Bank

गभर्नर अधिकारीले उद्योगी, व्यवसायी, बैंकर लगायत सरोकारवाला निकायले दिने सुझावमा उक्त नीति संसोधन गर्न तयार रहेको बताए । उनले उद्योगीको मागअनुसार चालु पुँजी कर्जासम्बन्धी नीति फिर्ता भने हुन नसक्ने संकेत गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गभर्नर अधिकारीले बजारलाई अनुशासनमा राख्नका लागि राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी नीति कार्यान्वयनमा ल्याएको बताए । उनले चालु पुँजी कर्जा नीतिका विषयमा सबै सरोकाबारवालाहरू बहस गर्न तयार रहेको भन्दै सरोकारवालाहरू भने अनुशासनमा बस्नुपर्ने बताए । उनले राष्ट्र बैंकले लामो छलफल गरेर चालु पुँजी कर्जा सम्बन्धी नीति कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको बताए ।


Advertisment
Nabil box
Kumari

गर्भनर अधिकारीले संविधानमा व्यवस्था भएका नीतिसमेत संशोधन हुन्छ भने सरकारले ल्याएको नीति संसोधन नहुने भन्ने विषय नभएको बताए । उनले अर्थतन्त्र कहाँ गइरहेको छ भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको बताए । गभर्नर अधिकारीले रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनुपर्ने बताए । उनले आयात रोक्दा राजश्वमा परेको असरबारे उल्लेख गर्दै यो सधैँ रोकेर साध्य पनि नहुने बताए । 

Vianet communication
Laxmi Bank

गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र पछिल्लो समय तुलनात्मक रूपमा सुधार हुँदै सहज अवस्थामा आएको बताए । उनले पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको बताए । उनले तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजिरहेको बताए । गभर्नर अधिकारीले अर्थतन्त्रमा अझै केही समस्या रहेको स्वीकार गरे । उनले मुलुककै आन्तरिक कारण मात्र नभएर वाह्य कारणले अर्थतन्त्रमा दबाब रहेको बताए ।

गभर्नर अधिकारीले दक्षिण एशियाली मुलुक भारतबाहेक अन्य मुलुकहरूभन्दा नेपालको अर्थतन्त्र राम्रो रहेको बताए । उनले राष्ट्र बैंकलाई करिब अढाई खर्बको विदेशी मुद्रा सञ्चिति गर्न ५५ वर्ष लागेकोमा पछिल्लो एक वर्षमा नै २.३४ अर्बको विदेशी मुद्रा गुमाउनुपरेको बताए । उनले राष्ट्र बैंकले लिएका नीतिका कारण पछिल्लो ३ महिनामा गत वर्षको तुलनामा १ खर्ब शोधनान्तर स्थितिमा सुधार भएको बताए । उनले बजारमा देखिएको तरलता अभाव विस्तारै सुधार हुँदै जाँदा उच्च रूपमा वृद्धि भएको ब्याजदरमा करेक्शन हुने विश्वास लिएको बताए । 

‘नेपालको अर्थतन्त्र राष्ट्र बैंकको तथ्याङ्कबाट देख्दैनौँ । नेपालको मूल्यवृद्धि ८.५ प्रतिशत रहेको छ । दक्षिण एशियाली मुलुकहरूमध्येमा राम्रो अर्थतन्त्र रहेको मुलुकमा रहेका छौँ । भारतभन्दा अन्य देशहरूको अर्थतन्त्रमा समस्या देखिएका छौँ । भारतको अर्थतन्त्रमा देखिएको स्थायित्व राजनीतिक स्थायित्व पनि हो । नेपालमा राजनीतिक अस्थिरता नहुँदा हुँदै पनि अर्थतन्त्र नराम्रो छैन । तर, अर्थतन्त्रमा केही नराम्रा पक्षहरू छन् । पछिल्लो एक वर्षदेखि वाह्य क्षेको दबाबमा रहेका छौँ । केही वस्तुहरूको आयातमा प्रतिबन्ध पनि लगाइयो । राष्ट्र बैंकले आयात गर्न मार्जिनकोसमेत व्यवस्था ग¥यो । त्यसको असर स्वरुप पछिल्लो ३ महिनाको तथ्याङ्क हेर्दा १२ अर्बको शोधानान्तर स्थितिमा बचत हुन गयो’, गर्भनर अधिकारीले भने, ‘गत वर्षको यही अवधि हेर्दा ८८ अर्ब रुपैयाँ शोधानान्तर घाटा थियो । अहिले १२ अर्ब बचत हुँदा तीन महिनाको उपलब्धी हेर्दा १ खर्ब गत वर्षको तुलनामा सुधार भएको अवस्था छ । यो सुधारले बजारमा तरलताको चरम अभाव थियो । त्यो तरलता कम गर्न राष्ट्र बैंकले ९७ खर्ब बजारमा पठायौँ । यो वर्ष शोधनान्तर वचत सुधार भएमा गत वर्षको जति बजारमा पैसा दिन नपर्ने हुनसक्छ । विस्तारै अहिले बजारमा देखिएको तरलता सहज हुँदै ब्याजदरमा भएको वृद्धिलाई बजारले नै करेक्शन गर्ने आशामा छौँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x