माघ १५, २०७९
गुल्मीमा आफ्नै घरभित्र एक महिलाको मृत अवस्थामा फेला परेकी छन् । मुसिकोट नगरपालिका–७ वामीकी ५७ वर्षीया गंगादेवी शेरचनको शव उनकै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्...
प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ ।
उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको १० लाख रुपैयाँ लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो ।
बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । महेन्द्रोद्वय माविको छानामा १२ थान सोलार प्यानल राखेर सौर्यबत्तीको व्यवस्था गरिएको छ ।
सौर्यबत्ती जडानपछि मर्मतसम्भार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्नेछ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत नै प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको १ करोडमा १२६ सौर्यबत्ती जडान गर्ने तयारी भइरहेको गिरीले जानकारी दिए ।
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसी आउने दर्शनार्थी तथा भक्तजनको सहजताका लागि उज्यालो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ७ लाखमा ११ ठाउँमा सीसी क्यामेरा समेत जडान गरेको छ ।
हलेसीमा रामनवमीको अवसरमा १५ दिन, शिवरात्रिमा ५ दिन, बालाचतुर्दशी तथा हरितालिका तीजमा ३–३ दिन तथा बोलबमको अवसरमा साउन महिनाको हरेक सोमवार ठूलो मेला लाग्छ । हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ ।
गुल्मीमा आफ्नै घरभित्र एक महिलाको मृत अवस्थामा फेला परेकी छन् । मुसिकोट नगरपालिका–७ वामीकी ५७ वर्षीया गंगादेवी शेरचनको शव उनकै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्...
पोखरामा पनि एक युवकले आफ्नै शरीमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्। पोखरा महानगरपालिका- १३ बस्ने युवाले आज आइतबार बिहान शौचालयमा गएर आफ्नो शरीरमा आगो लगाउन खोज्दा उनलाई उद्धार गरिएको छ। ...
भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको शिला जनकपुरधाम पुगेको छ । शनिबार साँझ जानकी मन्दिरमा ल्याइएको...
रवि लामिछानले नेपाली राहदानी फिर्ता गरेका छन्। निस्क्रिय भएको नागरिकता प्रयोग गरी उनले राहदानी लिएका थिए। आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नागरिकता पुनः प्राप्त गरेपछि अघिल्लो निष्क्रिय ...
भारी मात्रामा अवैध मदिरासहित प्रहरीले ३ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। नक्कली रक्सी बनाउने गरेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो ललितपुरको महालक्ष्मीस्थानबाट प...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन भएको छ। मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमा...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...