माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जनमत पार्टी थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने पक्का भएपछि काठमाडौंमा उक्त पार्टीका अध्यक्ष सीके राउतको खोजी बढेको छ ।
सत्ता गठबन्धनलाई बहुमतका लागि थोरै मात्र सीट अपुग हुन सक्ने सम्भावनाका बीच राउतलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताले भेटेर सहकार्यको प्रस्ताव राखिसकेका छन् ।
राउतले देउवाका अलावा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री बाल कृष्ण खाणसँग छुट्टाछुट्टै भेटवार्ता गरे । उनको राजनीतिक भेटघाट जारी छ ।
प्रधानमन्त्री देउवासँगको भेटमा सरकारमा सहभागी हुनका लागि आएको प्रस्तावलाई सकारात्मक रूपमा लिएको राउत बताउँछन् ।
'सरकारमा आउनका लागि प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभयो । मधेश प्रदेश र संघीय सरकारमा सहभागी हुनुस् भनेर उहाँले भन्नुभएको छ,' राउतले लोकान्तरसँग भने, 'बाहिर हल्ला भएजस्तो सरकारमा जाने विषयमा हामीबीच कुनै सहमति नै चाहिँ भएको छैन, तर उहाँको प्रस्तावमा हामी सकारात्मक छौं ।'
सरकारमा सहभागिताका लागि आफूले जनमत पार्टीले उठाएका माग र मुद्दाहरू सम्बोधन हुनुपर्ने जवाफ दिएको र प्रधानमन्त्री देउवा पनि सकारात्मक रहेको राउत बताउँछन् ।
'मैले किसान आन्दोलनको मुद्दा, हामीमाथि लगाइएका झूटा मुद्दाहरू फिर्ताको विषय, नागरिकताको मुद्दालगायत सम्बोधन हुनुपर्ने भनेर भनेको थिएँ,' राउतले थपे, 'ती सबै मागप्रति उहाँ सकारात्मक हुनुभयो ।'
मुद्दा फिर्ताकै विषयमा गृहमन्त्री बालकृष्ण खाणसँग छलफल भएको उनले बताए ।
'प्रधानमन्त्रीसँग भेटेपछि मुद्दा फिर्ताको प्रक्रियाका विषयमा नै गृहमन्त्री बालकृष्ण खाणसँग भेटेको हो । केही मुद्दा फिर्ता भए पनि केही मुद्दा अझै बाँकी नै छ ।'
कुन-कुन मन्त्रालय पाउने, संख्या कति हुने भन्ने विषयमा भने छलफल हुन बाँकी रहेको उनको भनाइ छ । बाहिर परराष्ट्र मन्त्रालय मागेको भन्ने हल्ला चले पनि त्यो गलत रहेको उनले बताए ।
'किसानको मुद्दा समाधान गर्नुका साथै विकास गर्नका लागि हाम्रो प्राथमिकतामा भौतिक पूर्वाधार मन्त्रालय हो,' राउतले थपे, 'त्यसबाहेक बेरोजगारी समस्या समाधान गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि हाम्रो प्राथमिकतामा छ ।'
मधेश प्रदेश सरकारको नेतृत्व नै गर्न पाउनु पर्ने आफूहरूको दाबी रहे पनि त्यस विषयमा भने कुराकानी हुन बाँकी रहेको उनको भनाइ छ ।
'मधेश प्रदेशमा हामी निर्णायक छौं । त्यहाँ सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्ने हाम्रो दाबी त हो, तर त्यस विषयमा अहिले प्रधानमन्त्रीज्यूसँग कुरा भने राखेको छैन ।'
पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डसँग भने भेटेर शुभकामना आदानप्रदान तथा बधाई साटासाट मात्र भएको उनले बताए ।
'मैले त तपाईं ओलीजीप्रति ढल्किनुभयो कि भनेर सोच्याथें, तर त्यसो होइन रहेछ भनेर उहाँले भन्नुभयो,' राउतले प्रचण्डसँगको संवाद उद्धृत गर्दै लोकान्तरसँग भने, 'यो धेरैलाई लागेको थियो, तर त्यस्तो केही पनि होइन भनेर हाँसीहाँसी जवाफ दिएँ ।'
प्रचण्ड र देउवा दुवैले सरकारमा सहभागी हुन भने पनि कसको नेतृत्वमा सहभागी हुने भन्ने विषयमा भने नखुलाएको उनले बताए ।
'दुवैले सरकारमा सहभागी हुन आग्रह गर्नुभयो, तर कसको नेतृत्वको सरकार बन्ने भन्ने कुरा बताउनुभएको छैन,' राउतले भने ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...