×

NMB BANK
NIC ASIA

युवती हत्या प्रकरण मुछिए सशस्त्रका जवान

मंसिर १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ ।  मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । 

Muktinath Bank

किटानी जाहेरीको आधारमा कोलीको खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।  मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

  यस्तै सोही ठाउँकी १५ वर्षीया किशोरी नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते भएको अवस्थामा भेटिएकी थिइन् । नेहालाई रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा फेला पारिएको थियो । 


Advertisment
Nabil box
Kumari

घाइते नेहा लुहारको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेसँग गरिएको सोधपुछका आधारमा भरत कोली घटनामा संलग्न रहेको खुलेको जनाइएको छ ।  
माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिँडेका र बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको शव फेला परेको थियो । नेहालाई घाइते अवस्थामा फेला पारिएको थियो । 

Vianet communication
Laxmi Bank

घटनाको सूक्ष्मरूपमा अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो । 

फरार रहेका भरतको र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ । प्रेमसम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी थियो । बिदामा घर आएका भरतले केही दिन अगाडि मायाको मोबाइल फोन नियन्त्रणमा लिएका थिए । मङ्गलबार मोबाइल लिन बोलाएकै बेला मायाको हत्या भएको हो ।  

माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेकी थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायत सामग्री बरामद गरेको छ । बरामद गरिएका सामग्रीबाट थप कुरा खुल्दै जाने प्रहरी नायब उपरीक्षक शाहीले बताए। उनले भने, “बरामद गरिएका सामग्रीबाट हामीलाई अनुसन्धानमा सहयोग मिल्नेछ, घटनाको सूक्ष्मरूपमा अनुसन्धान भइरहेको छ, अहिले नै सबैकुरा भन्न मिल्दैन ।” 

जिल्ला अस्पतालमा मृतको शव परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ । परीक्षण रिपोर्ट सार्वजनिक गरिएको छैन । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x