माघ १७, २०७९
एलआरआई स्कुलले आयोजना गरेको बास्केटबल तथा फुटसल फेस्ट २०७९ को पाचौँ दिनको सेमीफाइनल समीकरण पूरा भएको छ । विद्यालय हाताभित्र आयोजना भइरहेको प्रतियोगितामा बास्केटबलतर्फ १६ र फुटसलतर्फ १० टोलीको सहभागिता...
आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली नामिबियाबीचको खेल वर्षाको कारण रद्द भएको छ ।
नेपालले जितका लागि दिएको एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाका कारण खेल रोकिएको हो । नामिबियाले चार बलमा चार रन बनाउँदा पानी नरोकिएपछि खेल रद्द भएको हो ।
त्यसअघि नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९७ रनमा समेटिएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९४ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा ७५ रनको योगदान दिएका हुन् ।
त्यस्तै अर्जुन साउदले र गुलसन झाले समान १८÷१८ रन जोडे भने आसिफ शेखले २० रन बनाए । कप्तान रोहित पौडेल १० रनमा रन आउट भए । कुशल भुर्तेलले १३ तथा सोमपाल कामी १० रनमा आउट भए ।
नामिबियाका टांगेनी लंगामेनीले तीन विकेट लिए भने कार्ल बिरकेनस्टोकले दुई विकेट लिए । त्यस्तै जेरार्ड इरास्मस, बेर्नार्ड शोल्ट्ज र जेजे स्मितले समान एक–एक विकेट लिए । यस खेलसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । यसअघि नेपालले खेलेका २० खेलमा आठमा जित, ११ मा हार र एक खेल बराबरी भएको थियो । उक्त सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल यही मङ्सिर १८ गते स्कटल्यान्डसँग खेल्नेछ ।रासस
एलआरआई स्कुलले आयोजना गरेको बास्केटबल तथा फुटसल फेस्ट २०७९ को पाचौँ दिनको सेमीफाइनल समीकरण पूरा भएको छ । विद्यालय हाताभित्र आयोजना भइरहेको प्रतियोगितामा बास्केटबलतर्फ १६ र फुटसलतर्फ १० टोलीको सहभागिता...
नेपाल प्रहरी क्लबले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आज स्वर्ण जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबल...
नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले छिट्टै खेलमा फर्किने आयशको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले मैदानमा छिट्टै भेट हुने आशय व्यक्त गरेका हुन् । ‘समयसँगै फेरि भेट होला&rs...
यही फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । खेलमा...
चितवनको माडी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट शुरु भएको छ । वसन्तपुर बजारस्थित खुल्ला चौरमा शुरू भएको सो प्रतियोगिताको माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले स...
स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल (डीसीए) कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै सो स्कूल...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...