पुस १३, २०८०
यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...
मंसिर १८, २०७९
नेपालमा विद्युतीय सावारी साधनमा सर्वसाधरणको चासो र आकर्षण बढ्न थालेको छ । गत शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको ईभी नेपाल एक्स्पोमा सर्वसाधरणको आकर्षण देखिएको हो ।
तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा दैनिक ७ सयभन्दा बढी विद्युतीय सवारीसाधन अवलोकनकर्ताहरू आएको आयोजकले बताएको छ । नेपालमा विद्युतीय सवारी प्रोत्साहन गरी सर्वसाधरणलाई विद्युतीय सवारी साधनको बारेमा जानकारी दिन सफल भएको आयोजकले बताएको छ । ईभी एक्स्पोका आयोजक नारायण क्षेत्रीले तीन दिन भएको एक्स्पोमा विद्युतीय सवारी साधनप्रति सर्वसाधरणहरूको आकर्षक बढेको देखिएको बताए ।
उनले एक्स्पोमा आयोजकले अपेक्षा गरेको भन्दा दोब्बर बढी सर्वसाधरणहरू एक्स्पो अवलोनक गर्न आएको बताए । क्षेत्रीले नेपालमा भारतीय कम्पनीका धेरै विद्युतीय सवारीका कम्पनीहरू आउन चाहेको बताए । उनले नेपालमा विद्युतीय सवारी भित्र्याउने मात्रै नभई विद्युतीय सवारी साधनको व्यवस्थापन आवश्यक रहेको बताए । उनले विद्युतीय सवारीसाधनको लागि सरकारले मुलुकभर चार्जिङ स्टेसन बनाउन आवश्यक रहेको बताए । उनले अबको पाँच वर्षमा ५० प्रतिशत विद्युतीय सवारी साधन पुर्याए मात्रै पनि धेरै नेपाली पैसा नेपालभित्र नै रहने बताए ।
त्यस्तै, विद्युतीय स्कुटर व्यवसायी विनोदप्रसाद न्यौपानेले पछिल्लो समय मानिसहरूको विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेकाले एक्स्पोमा सोचेको भन्दा बढी अवलोकनकर्ताहरू आएको बताए । क्षेत्रीले नेपालमा अब विद्युतीय सवारी साधनहरूको भन्दा अरुको सम्भावना कम रहेको बताए । उनले विद्युतीय सवारीसाधनप्रति मानिसहरूको आकर्षण बढ्नु सकारात्मक रहेको बताए ।
त्यस्तै, इभी नेपाल एक्स्पोका मिडिया संयोजक भुषणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय बजारका मानिसहरू नेपालमा आएर विद्युतीय सवारीसाधनको एक्स्पो गर्दासमेत सर्वसारणको उपस्थित राम्रो रहेको बताए । उनले एक्स्पोमा भएको उपस्थितिले नेपालीहरूको विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको बुझ्न सकिने बताए । उनले नेपाल जलविद्युतमा धनी भएकाले अब सबै नेपालीले विद्युतीय सवारीसाधन प्रयोग गर्नु आवश्यक रहेको बताए ।
एक्स्पो अवलोकन गर्न आउने सर्वसाधरणले भने विद्युतीय सवारी साधन चढ्नुपर्ने भए पनि अत्यधिक महँगो भएको गुनासो गरे । उनले सामान्य सर्वसाधरण नेपालीले चढ्नसक्ने गरी राज्यले भन्सार कम गरेर वा मूल्य तोक्न आवश्यक देखिएको बताए ।
एक्स्पोमा विशेषगरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू राखिएका छन् ।
यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...
इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...
महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ । महिन्द्राले छोटो सम...
नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...
अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...